logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा निःशुल्क आँखा शिविर


    २६ फाल्गुन २०८० , शनिबार

    लुम्बिनीमा निःशुल्क आँखा शिविर

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २६ फागुन ।  श्री दाई अखिलेश्वरीदेवी समुदाय सिकाई केन्द्र आयोजनामा र लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ को सहयोगमा निःशुल्क आँखा जाँच शिविर शुक्रवार सञ्चालन गरिएको हो ।
    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मा अवस्थित मसिना बाबा नरेन्द्रपुरी माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम संचालन गरिएकोहो ।
    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमानले रिवन काटेर उद्घाटन गरेका थिए । नगरप्रमुख मुसलमानले भने –आँखा भनेको हाम्रो शरीरको महत्वपूर्ण अङ्गहरु मध्ये अत्यन्तै संवेदनशील अङ्ग हो । त्यसकारण आँखालाई समय समयमा चेकजाँच आवश्यक देखिन्छ ।
    नगरप्रमुख मुसलमानका अनुसार –अहिले मानिसहरुले चिल्लो चाप्लो र वाहिरको खानेकुरा बढी सेवन गर्ने भएको हरियो सागपातको सेवन नगर्दा शरीरमा भिटामिनको कमीले गर्दा आँखा सम्बन्धी समस्या झेल्नुपरेको देखिन्छ । आँखालाई चाहिने भिटामिन “ए” हरियो सागपात र फलफूलमा बढी मात्रामा पाउने भएकोले यसको कमीकाले मोतियाविन्दु, रतन्धो जस्तो रोगहरु आक्रमण गरेको देखिन्छ । त्यसकारण सबै मानिसहरुले आफनो स्वास्थ्यलाई ध्यानमा राखि सन्तुलित भोजन र भिटामिन युक्त खानेकुराको सेवन गर्न अनुरोध गर्दै अगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाएका थिए । संचालित शिविरबाट सबैले सेवालिन आग्रह समेत गरेका थिए ।


    सो कार्यक्रम श्री दाई अखिलेश्वरीदेवी समुदाय केन्द्र मसिना विचौवापुर रुपन्देही संस्थाका अध्यक्ष अम्बिका प्रसाद बरईको अध्यक्षतामा, वडा नं. ११ वडा अध्यक्ष अकरामुद्दिन मुसलमान विशिष्ट अतिथ्यतामा, अतिथि मसिना स्वास्थ चौकि प्रमुख बुधनाथ बरई, जनस्वास्थ्य निरिक्षक राजेन्द्र प्रसाद यादव, मसिना माध्यमिक विद्यालय प्रधानाध्यापक जयराम गुप्ता, सि.एल.सि सामाजिक प्रचालिका लालमति यादव, वडा नं. ११ का सम्पुर्ण स्वयंसेविकाहरु, वडा बासिहरु, आँखा अस्पताल डाक्टर बोधराम लगायतको उपस्थितिमा रहेको थियो ।
    स्वास्थ्य शिविरमा २३७ जनाको आँखा जाँच परीक्षण गरी आँखा सम्बन्धी समस्या देखिएका बिरामीहरुलाई निःशुल्क औषधी र चस्मा समेत बितरण गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.