logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    साउदी दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस


    २७ फाल्गुन २०८० , आइतबार

    साउदी दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

    शहबाज खान । लुम्बिनीखबर
    कपिलवस्तु, २७ फागुन । नेपालका लागि साउदी अरेबियाको राजदूत साद बिन नासेर अबु हैमदको संरक्षणमा राजदूतावासले अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिला दिवसको अवसरमा दूतावासको मुख्यालयमा एक समारोहबीच आयोजना गरि महिला दिवस मनाइएको छ । प्रत्येक वर्षको मार्च ड मा महिला दिवस मनाउने गरिन्छ ।
    राजदूत अबु हैमदले दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज अलसऊद र महामहिम युवराज र प्रधानमन्त्रीको नेतृत्वमा साउदी अरेबियाको राज्यले महिला सशक्तिकरणलाई समर्थन गर्ने कुरामा जोड दिएका छन् । उनीहरूलाई अभूतपूर्व छलाङ्ग गर्न सक्षम बनाएको बताए ।
    विश्वभर ६ जना साउदी महिला राजदूत नियुक्त भएकाले कूटनीतिक काम लगायत सबै क्षेत्रमा साउदी महिला प्रवेश गरेको राजदूतले बताए ।
    राजदूतले राज्यको शुरा काउन्सिलका २०५ सदस्य साउदी महिला रहेको कुरा औंल्याउँदै राज्यमा साना तथा मझौला उद्योगको ४० प्रतिशत भन्दा बढी साउदी महिलाको स्वामित्व रहेको जिकिर गरे ।
    यस्तै कार्यक्रममा साउदी राजदूतले श्रम बजारमा साउदी महिलाको सहभागिता ३७ प्रतिशतभन्दा बढी पुगेको जनाए । उनले ६३ हजार साउदी महिलाको सहभागितामा विगत ३ वर्षमा औद्योगिक क्षेत्रमा रोजगारीको प्रतिशत पनि बढेर ९३ प्रतिशत पुगेको दावी गरे ।
    राजदूतले मुलुकी संहिता, श्रम तथा सामाजिक बिमा जस्तो केही कानुन परिमार्जनले महिलालाई प्रभावकारी र समान रूपमा समाजमा सहभागी गराउन सक्षम भएको उनको भनाई छ ।
    राजदूत अबु हैमदले महिलाले विभिन्न क्षेत्रमा गरेको रचनात्मक योगदानका लागि र सफलता र विशिष्टताका साथ जिम्मेवारी वहन गर्ने क्षमता देखाएको भन्दै प्रशंसा समेत व्यक्त गरे ।
    सो अवसरमा दूतावासका महिला कर्मचारीहरुलाई सम्मान समेत गरिएको दूतावासले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.