विश्व शान्ति र बधुत्वको लागि धम्मयात्रा
झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, ४ चैत । शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको लुम्बिनी गेटमा विश्व शान्ति र बन्धुत्वको लागि धम्मयात्रा गरिएको छ ।
विभिन्न बौद्धमार्गी संघसंस्थाहरुको समन्वयमा र बौद्ध समाज नेपालको आयोनामा कार्यक्रम आयोजना गरी भव्य र सभ्य रुपमा विश्व शान्ति र बन्धुत्वको लागि धम्मयात्रा गरेका हुन् ।
धम्मयात्रामा १ हजार २ सय ५० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रममा थाइल्याण्डबाट बुद्धको अस्तधातु सहित भिक्षु भन्ते तथा ३ हजार भन्दा बडी विभिन्न संघसंस्थाका व्यक्तित्व र बौद्धमार्गी व्यक्तित्वहरुको सहभागीतामा धम्मयात्रा भैरहवाको रुपन्देही क्रिकेट रंगशालाबाट शुभारम्भ भई लुम्बिनीको प्रवेशद्वार लुम्बिनी गेटमा अन्त्य भएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रो.डा. सुब्रणलाल बज्राचार्यले नेपाल बुद्धको देश भएको भन्दै यहाँ शान्ति र अहिंसाको यात्रालाई निरन्तरता दिनु पर्ने बताउनुभयो । बुद्धले बुद्धत्व प्राप्त पश्चात मातृभूमि फर्किदा यस्तै यात्रा गर्दै यही मार्गबाट आउनुभएको हो । उपकुलपति प्रो.डा. ब्रजाचार्यले भन्नुभयो, ‘ नेपाल बुद्धमय बनाउनको लागि यस्ता यात्रा तथा कार्यक्रमहरुले सकारात्मक सन्देश संसारभर फैलाउने बुद्धलाई नेपालले पनि अंगिकार गर्नुपर्दछ । यहाँका स्थानीय, लुम्बिनीसँग सरोकार राख्ने व्यक्तित्वहरुले अब लुम्बिनीलाई पश्चशील रुपान्तरण गर्न जरुरी भएको ब्रजचार्य भनाई रहेको छ ।
बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाँले विश्वमा पहिलो पटक यो यात्रा भएको बताउनुभयो । उहाँले संसारभरमा एकमात्रा लुम्बिनी गेट भैरहवामा रहेको भन्दै यो गेटले बौद्ध संस्कृति र संस्कारमा निर्माण भएको जनाउदै यसको संरक्षणका लागि सबैले पहल गर्नुपर्ने जनाउनुभयो । बुद्ध बचन र प्ररेणाले संसारलाई शान्तिको यात्रामा अगाडि बढाउने प्रयास भएको भन्दै गाहाँले नेपालले यसको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
भैरहवामा भएको विश्व शान्ति र बधुत्वको लागि धम्मयात्रामा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भगवान गौतमबुद्ध यही मार्गबाट पदयात्रा गरी जानुभएकोले सनातानीहरुले निर्माण गरेको विश्वको एउटा मात्र गेटको रुपमा लुम्बिनी गेट भैरहवामा रहेको हुँदा विश्व शान्ति र बन्धुत्वको लागि धम्मयात्रा भएको बताउनुभयो । धम्मयात्राले भैरहवा क्षेत्रका साथै नेपाल राष्ट्रियलाई अन्तराष्ट्रिय जगत चिनाउने विश्वास रहेको बताउनुभयो । लुम्बिनीसँग जोडिएको भैरहवा पर्यटन व्यवसाय र व्यापार व्यवसायसँग जोडिएको छ । लुम्बिनी बुद्धको जन्मस्थल र पवित्र भूमिको रुपमा रहेको शान्तिको क्षेत्रको रुपमा स्थापित गर्नका लागि हरेक वर्ष धम्मयात्रा गर्न जरुरी छ र आफूहरुले सकरात्मक सोचका साथ सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
धम्मकाय फाउन्डुेसन थाइल्याण्डको योजना तथा बौद्ध समाज नेपालको आयोजनामाक विभिन्न संघसंस्थाको सहकार्य भएको थियो । कार्यक्रममा थाइभिक्षुसँग नेपालमा रहेका भिक्षुहरुको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खान लगायत स्थानीय जनसमुदायको धम्मयात्रामा सहभागिता रहेको थियो ।
यो यात्रा नेपालमा विभिन्न क्षेत्रमा गरिने यात्रा आयोजकहरुले जानकारी दिएका छन् । बुद्धस्थल लुम्बिनी, देवहह लगायतका स्थानमा पनि धम्मयात्रा गरिने भएको छ । शान्ति र सकरात्मक सोचको विकासका लागि यात्रा महत्वपूर्ण भएको लुम्बिनीबासीले बताएका छन् । संसारलाई शान्तिको मार्गमा हिडाउन लुम्बिनीले नेतृत्व गरिरहेको अवस्थामा यो यात्राले थप सहयोग पुराउने देखिन्छ । यहाँको पर्यटन क्षेत्रलाई माथि उकास्न पनि यो यात्राले सहयोग पुराउनेछ । यहाँ पर्यटन व्यवसायी तथा बुद्ध दर्शनका ज्ञाताहरुले यो यात्रालाई महत्वपूर्ण यात्राको रुपमा व्याख्या गरेका छन् ।
यस्ता यात्राहरु यो क्षेत्रमा सबै बस्ती तथा सडकबाट निकाल्नुपर्ने देखिन्छ । यहाँको बुद्ध स्थलहरुलाई विकास र विस्तार गर्दै सरकारले थप कार्यक्रम गर्न जरुरी छ ।