logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ्भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने संकेत


    १८ असार २०७३ , शनिबार

    ्भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने संकेत

    असार ।भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने संकेत
    काठमाडौं । भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ । भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश मन्त्रालयको छ ।
    नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको मन्त्रालयको भनाइ छ । विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा राष्ट्रपति मुखर्जीको सम्भावित नेपाल भ्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता विकास स्वरूपले भारत सधैं उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि खुला रहेको बताए ।

    ‘भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणबारे प्रस्ताव प्राप्त भएमा त्यसलाई निश्चित रूपमा नै उचित ढंगले विचार गरिनेछ,’ स्वरूपले भने । तर, भ्रमणबारे भइरहेका पहलबारे भने उनले विस्तृत जानकारी दिएनन् ।

    नेपालले यसअघि नै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ। तर, भारतले त्यसको ठोस जवाफ दिएको छैन । सन् १९९७ यता कुनै पनि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् ।

    आगामी बर्ष भारतीय राष्ट्रपति मुखर्जीको कार्यकाल सकिने भएकाले पनि यसैबर्ष भ्रमणको तयारी भइरहेको जनाइएको छ । अघिल्लो महिना भारत भ्रमणमा आएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यसबारे कुराकानी भइरहेको बताएका थिए । –कान्तिपुर दैनिकबाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.