logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    अर्थ मन्त्रालयका ४५ कर्मचारी चीनदेखि युरोप–अमेरिकासम्म


    २३ असार २०७३ , बिहिबार

    अर्थ मन्त्रालयका ४५ कर्मचारी चीनदेखि युरोप–अमेरिकासम्म
    American flag flying in the wind

    काठमाडौं–तपाई अहिले अर्थ मन्त्रालयमा जानुभयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन । कारण के होला ? अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति किन फेला पर्दैनन् ? तपाईहरुको मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै हो ।

    तर, अहिले अर्थ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका हाकिमदेखि तल्लो तहका कर्मचारी संघीयता, कर प्रणाली, राजस्व संकलन गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्ला भन्दै अध्ययन भ्रमणका नाममा युरोप र लोभलाग्दा मुलुकको भ्रमणमा निस्किएको पाइएको छ ।

    अर्थ मन्त्रालयअन्तर्गत विभिन्न विभागका प्रमुखदेखि शाखा अधिकृतसम्म झन्डै ४५ जनाको टोली चीनदेखि युरोपको यात्रामा निस्किएको छ । सरकारको आर्थिक वर्ष २०७२÷७३ को बजेटबाट झन्डै ५ करोड खर्च गर्ने गरी टोली विभिन्न मितिमा अध्ययन भ्रमणमा निस्किएको बुझिएको छ ।

    त्रिभुवन विमानस्थलका प्रमुख भन्सार अधिकृत टंकनाथ पौडेल, कञ्चनपुरका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी लगायत ६ जनाको टोली भन्सार व्यवस्थापन अध्यन अवलोकन गर्न बेल्जियममा पुगेको छ । नेपाल समाचारपत्र दैनिक

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.