logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरद्वारा निः शुल्क आँखा शिविर


    ७ बैशाख २०८१ , शुक्रबार

    नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरद्वारा निः शुल्क आँखा शिविर

    पशुपति यादव
    रोहिणी, ७ वैशाख । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको वडा नं.–४ स्थित श्री जन जागृति आधारभूत विद्यालय औराहवामा आज एक कार्यक्रमबीच निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल बाल कल्याण सिद्धार्थनगर रुपन्देहीको आयोजना र श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा १५० विद्यार्थी लाभान्वित भएको संस्थाका सचिवालय शाखाले जनाएको छ ।

    नेपाल बाल कल्याण संस्थाका अध्यक्ष निःशुल्क आँखा शिविरका प्रमुख अतिथि अभिवक्ता धर्मबहादुर खड्काले ग्रामीण क्षेत्रका पछाडि परेका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखी निः शुल्क आँखा शिविर सञ्चालन गरिएको खड्काको भनाई रहेको थियो । ‘‘बालबालिकाले पाउनुपर्ने स्वास्थ्य शिक्षा बालअधिकार पोषण युक्त भोजनसमेतलाई स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले ग्यारेन्टी गर्नुपर्छ ।’’ प्रमुख अतिथि कार्यक्र सम्बोधनका क्रममा बताएका थिए ।

    आँखा जीवनको ज्योति विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यार्थीको आँखा स्वस्थ नभएमा राम्रोसंग शिक्षा आर्जन गर्न सक्दैनन् । त्यस कारण बालबालिकको क्षेत्रमा काम गर्ने संस्थाहरुले शिक्षा, स्वास्थ्य बाल अधिकार लगायतका विषयमा सेवाहरु प्रदान गर्नका लागि अधिवक्ता खड्काले आग्रह गरेका थिए । कार्यक्रमका संयोजक अधिवक्ता नरसिंह चौधरीको अध्यक्षता, संस्थाका महासचिव संगित जि.सी.को संञ्चालनमा शिविर सम्पन्न भएको थियो भने कार्यक्रमको उद्धेश्य माथि संस्थाका उपाध्यक्ष अधिवक्ता दिलिपकुमार मल्लिकले प्रकाश पारेका थिए ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलिराम हरिजन, प्रध्यानाध्यापक बबुन्ना गद्धि, आँखा शिबिरका प्राविधिक संयोजक संजिव अधिकारी तथा अभिभावकको उपस्थितिमा निःशुल्क आखा शिविर सम्पन्न भएको थियो । आँखा जाँच पछि संस्थाले विद्यार्थीलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराएको कार्यक्रम संयोजकले बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.