ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, १३ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीमा रहेको श्री माया देवी इङ्लिस स्कुलले २०८० सालको रामग्राम नगरपालिका स्तरीय आधारभूत परीक्षामा १०० प्रतिशत उत्कृष्ट नतिजा सहित नगर प्रथम विधालय भएको छ ।
श्री माया देवी इङ्लिस स्कुलमा कक्षा ८ मा पढ्ने २५ जना विद्यार्थी मध्ये २० जना ए प्लस र ५ जना ए उत्तीर्ण नतिजा भई नगर प्रथम भएको छ ।
आज बिहान एक कार्यक्रम गरि श्री माया देवी ईङ्लिस स्कुलले कक्षा ८ मा पढ्ने विद्यार्थी र अभिभावक लाई बोलाई बधाई तथा शुभकामना कार्यक्रम गरि सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख आतिथ्यता रामग्राम गतिविधि शोशल फोरमका सञ्चालक एवम् शैक्षिक अभियन्ता रवि पाण्डेले आधारभूत परीक्षामा १०० प्रतिशत उत्कृष्ट नतिजा सहित नगर प्रथम विधालयका विद्यार्थी , अभिभावक र शिक्षकलाई बधाई र शुभकामना दिंदै विद्यालयले अहिलेको विषम परिस्थितिमा प्रभावकारी ढङ्गले शिक्षण सिकाइ प्रकियालाई अगाडि बढाएकोमा खुसी व्यक्त गर्नु भएको हो । पाण्डेले सो अवसरमा रामग्राम नगरपालिका भित्रका ठूला ठूला र पुराना विद्यालयहरुलाई पछि पार्दै गाउँमा भएर पनि गुणस्तरीय शिक्षा प्रदान गरेको सन्दर्भ उल्लेख गर्दै शैक्षिक गुणस्तरको लागि विद्यार्थीहरु यो विद्यालय छोडेर अन्यत्र जान नपर्ने विचार व्यक्त गर्नुभयो हालसम्म नतिजा पनि राम्रो ल्याउने गरेको पाइएको बताउँदै विद्यालय स्तरीय र विश्वासीलो भएको बताउनु भएको थियो ।
विधालयका प्रधानाध्यापक दिपनारायण साहनीले उत्तीर्णलाई बधाई तथा शुभकामना दिंदै विद्यालयले नतिजा तयार पार्दाको विधि र प्रक्रिया, विद्यार्थीका लागि अबको विकल्प, विद्यालय संरचना र पाठ्यक्रममा आएको परिर्वतनसँगै उपलब्धी विषय तथा सुविधाको बारेमा जानकारी दिनुभएको थिए । विद्यार्थीहरुलाई प्रेरणा दिदै सहानीले आफुमा भएका असीमित ऊर्जाको प्रयोग गर्दै आफ्नो विशिष्ट क्षमतालाई व्यवहारमा ल्याउन ज्ञानसँगै निरन्तर अध्ययन र अभ्यासलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको थियो । आफ्नो विद्यालयको शैक्षिक गुणस्तर देखेर नगरपालिका भित्रका विद्यालयहरु हतोत्साही भएर गलत प्रचार प्रसार गरेको सन्दर्भ उल्लेख गर्दै आफ्नो विद्यालय शैक्षिक गुणस्तरमा हरेक विद्यालयसंग प्रतिस्पर्धा गर्न तयार रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट आतिथ्यतामा महाकवि देवकोटा क्याम्पसका उपप्राध्यापक यसै विद्यालयका शिक्षक हरिदत्त शर्माले २५ जना विद्यार्थीहरु मध्ये २० जना ए प्लस साथै ५ जना ए ल्याई रामग्राम नगरपालिकामै सतप्रतिशत नतिजा ल्याउन सफल एक मात्र विद्यालय बनेकोमा विद्यालयसंग सम्बन्ध सम्पूर्ण पक्षलाई धन्यवाद दिनुभयो ।
यसै कार्यक्रमका विशिष्ट अतिथि विद्यालयका पूर्व विद्यार्थी रामग्राम नगरपालिका कृषिशाखाका अधिकृत किरन गुप्ताले मायादेवी इङ्लिस स्कुलकै कारणले गर्दा आफूले पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर सम्मको अध्ययन गरी सरकारी सेवामा प्रवेश गरेको र आफू विद्यालयबाट बाहिरिए पछि विभिन्न विद्यालय तथा क्याम्पसहरुमा अध्ययन गरेको तर यो विद्यालयको जस्तो शिक्षण साथै अतिरिक्त क्रियाकलाप अन्य विद्यालय तथा क्याम्पसमा नभएको विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा कक्षा ८ मा सतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थी भाइ बहिनीहरु, अभिभावकवर्ग, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरु गरी ६० जनाको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमा शिक्षक जयन्त्री यादवको स्वागत मन्तव्य रहेको साथै शिक्षक मानेश्वर साहनीले कार्यक्रम सञ्चालन गरेको थियो ।