पशुपति यादव । लुम्बिनीखबर
भैरहवा, १३ वैशाख । रुपन्देही जिल्लाको स्वाथ्य कार्यालयको आयोजनामा विहिबार पत्रकारहरुको सहभागितामा विश्व औलो दिवस कार्यक्रम सम्पन्न भएको छ ।
औलो विरुद्धको लडाईलाई तीब्रता दिउ, समतामूलक पहुँचको सृजना गरौँ भन्ने मुलनाराका साथ संसारभरीमा विश्व औलो दिवस मनाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालमा मेलिया उन्मुलन भएको छैन नेपाल सरकारको परिकल्पना अनुसार सन २०२५ सम्ममा औलो निवारण गर्ने सरकारको रणनीति रहेको स्वाथ्य कार्यालयको सूचना शाखाले जनाएको छ ।
यी लामखुट्टेले फुल पार्नको लागि पानी आवश्यक रहेको तापक्रम २५ देखि २८ सेन्टीग्रेट तापक्रम आवश्यक रहेको प्रशिक्षकले बताएका छन् ।
औलो विरामीका लामखुट्टेहरु विश्वभरीमा ५ प्रकार र नेपालमा दुई प्रजातका रहेका छन् । जुन औलो एनोफिलिज जातको पोथि लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यिनिहरुको टोकाइबाट विरामी हुने मानिसलाई सामन्य विरामीलाई पहिचान देख्ने लक्षणहरु जस्तै ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, हार्डजोर्नी दुख्ने, जाडो हुने वाकवाकी लाग्ने, बान्ता हुने साथै औलो रोगबाट सिकिस्त हुने विरामहरुको लक्षण पूर्ण रुपमा होस नहुनु, पटक पटक मुर्छा पर्नु, सहारा विना उठ्न,हिड्न नसक्ने, स्वास फेर्न गाह्रो हुने लगायतका विषमा जनस्वाथ्य अधिकृत अन्तरक्रियाका प्रशिक्षक केदारनाथ साहले जानकारी दिनुभएको थियो ।
औलोबाट प्रभावित भएका व्यक्तिहरुको खोजप्रताल गर्ने, सर्ने दर घटाउने गुणस्तरीय निदान गर्ने व्यवस्थापकिय पक्षलाई सुदृढीकरण गर्ने, औलो विरामीको रोकथाम तथा नियन्त्रण गर्ने सरकारको नीति रहेको साहले बताएका थिए ।
औलोको परजीविको जीवन चक्र यि लामखुट्टे बाँच्नका लागि फलफलको रस खाएर बाँच्छ तर फुल पार्नको लागि यो लामखुट्टेले रगत खाने गर्दछ । मानिसलाई टोकेको दुई हप्ता पछि ज्वरो आउने लक्षण देखिनेछ । स्वाथ्य केन्द्रमा उपचार निदान नेपाल सरकारले गरेको छ । नेपालमा ४ जातका एनोफिलिन छन् । ४ वटा प्रजातिले मात्र विरामी फैलाउछ, नेपालमा औलो विरामी लामखुट्टेको पत्ता लगाउनको लागि इन्टोमोलोजिष्टको अभाव रहेको यस्ता प्राविधिक देश भरमा ४–५ जना मात्र रहेको विश्व औलो दिवस अन्तरक्रियाको अवसरमा गाउँ बस्ति सरसफाई संघसंस्थाको सचेतना कार्यक्रम (घर आगनको करो सफाई तव रोग से करो लडाई) सहभागी भएका पत्रकारहरुले जनसमुदायहरुमा औलो रोग सम्बन्धीको कारण, निवारण र त्यसबाट बच्ने लगायतका विषमा आफने टेलिभिजन, पत्रिका र अनलाइन मार्फत सचेतना फैलाइदिनका लागि रुपन्देही स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख गरौब ढकाले आग्रह गर्नुभएको थियो ।