logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लागूऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ


    २३ बैशाख २०८१ , आइतबार

    लागूऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

    लुम्बिनीखबर
    भैरहवा, २३ वैशाख । रुपन्देहीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्ने विशाल प्रताप नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।

    डीएसपी भट्टका अनुसार रुपन्देही जिल्ला अदालतको मिति २०७१ माघ १० गतेको फैसलाले लागूऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना भएका विशाललाई वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले विशाललाई पक्राउ गरी जरिवाना भुक्तानका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.