logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु


    २५ बैशाख २०८१ , मंगलबार

    सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु

    लुम्बिनीखबर
    भैरहवा, २५ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा राष्ट्रिय गानबाट कार्यालयको सेवा प्रदान गर्न सुरु गरिएको छ ।
    कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान, कार्य जिम्मेवारीप्रति थप उत्प्रेरणा तथा उत्साह जगाउने एवं राष्ट्रप्रति भाव बढाउने उद्देश्यले कार्यालयमा राष्ट्रिय गानबाट सेवा सुरु गरिएको हो ।
    कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रिय गानबाट कार्यालयको सेवा सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । कार्यालयमा बिहान दश बजे राष्ट्रिय गान सुरु भएपछि जनप्रतिनिधिी, कर्मचारी र सेवाग्राही राष्ट्रिय गानमा सहभागी भएर मात्र आ–आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन् ।
    राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्याउने विश्वास लिइएको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.