logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    यी डाक्टरले गरिरहेका छन् डा शशांकको उपचार


    २३ असार २०७३ , बिहिबार

    यी डाक्टरले गरिरहेका छन् डा शशांकको उपचार

    काठमाडौं– ओम अस्पतालको आईसियूमा रहेका काँग्रेस महामन्त्री शशांक कोइरालाको उपचारमा १५ जना डाक्टर संलग्न छन् । तीमध्ये अधिकांस चिकित्सक ओममै कार्यरत अनुभवी डाक्टर छन् । तीमध्ये तीनजना उक्त अस्पताल भन्दा बाहिर कार्यरत हुन् ।

    dr1
    आईसियूमा रहेका कोइरालाको उपचारमा संलग्नमध्ये दुईजना चिकित्सक नेपालकै राम्रामध्ये पर्ने आइसियु विशेषज्ञ हुन् । हाल ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिन बिभागका अध्यक्ष समेत रहेका डा अर्जुन कार्की र शिक्षण अस्पताल महाराजगञ्जका आईसियू विभाग प्रमुख डा सुवास आचार्य ओमको आईसियूमा पुगेर उपचार गरिरहेका छन् ।
    महामन्त्री कोइरालाको मुटुमा समेत समस्या देखिएपछि मुटुरोग सर्जन डा भगवान कोइराला बिहानै ओम हस्पिटल पुगेका हुन् । डा कोइराला मनमोहन कार्डियो भाष्कुलर सेन्टर (टिचिङ अस्पताल भित्र)मा कार्यरत छन् । उपचारमा संलग्न १५ जना डाक्टरको समूहमा महामन्त्री कोइरालापत्नी डा सुपात्रा कोइराला पनि छिन् । उनी ओम अस्पतालमै कार्यरत छिन् ।
    डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा महेश भट्टराई, डा रविन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशी लगायत ओममै कार्यरत अनुभवी चिकित्सक हुन्

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.