लुम्बिनीखबर
नवलपरासी, ८ जेठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ श्रीनगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान सरावल गाउँपालिका(३ श्रीनगर टोलका ३० वर्षीय प्रदिप कुमार चौधरी (सानु) को करेन्ट लागेर मृत्यु भएको स्थानीयले जानकारी दिइएका छन। चौधरीको परिवारको अनुसार हेन्ड पम्पमा जडान गरिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको बताएका छन। चौधरीको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी लगिएको परिवारीक स्रोतले जानकारी दिइएको छ ।