logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    थायरायड भएको कसरी थाहा पाउने ?


    २४ असार २०७३ , शुक्रबार

    थायरायड भएको कसरी थाहा पाउने ?

    भैरहवा । थायराइड मानव शरीरमा पाइने एंडोक्राइन ग्लैंडमध्ये एक हो । थायरायड ग्रंथि गर्दनमा श्वास नलीभन्दा माथि स्वरयन्त्र दुबै भागमा रहेको हुन्छ । यसको आकार पुतलीको आकारमा हुन्छ । यसले थाइराक्सिन नामक हार्मोन बनाउँछ । जसले शरीरको ऊर्जा क्षय, प्रोटीन उत्पादन एवं अन्य हार्मोनमा हुने संवेदनशीलतालाई नियन्त्रित गर्छ ।
    सुरुवाती दिनमा सरल रुपमा थायराइडको कुनै पनि लक्षण थाहा हुन नसक्छ । यसको पहिचान हुँदासम्म यसले ठूलो रुप लिइसकेको हुन्छ ।
    कब्जियत
    थाइराइड हुँदा कब्जियतको समस्या हुने गर्छ । खाना पचाउन समस्या हुन्छ । खानेकुरा सजिलै निल्न सकिँदैन । त्यसले गर्दा शरीरको तौलमा असर गर्छ ।
    हातखुट्टा चिसो हुनु
    थाइराइड भयो भने व्यक्तिको हातखुट्टा चिसो हुने गर्छ । मानव शरीरको तापमान सामान्य यानी ९८.४ डिग्री फारेनहाइट (३७ डिग्री सेल्सियस) हुन्छ । तै पनि व्यक्तिको शरीर चिसो हुने गर्छ ।
    प्रतिरोधत्मक क्षमता कमजोर
    थाइराइड भयो भने शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । इम्यून सिस्टम कमजोर हुँदा थुप्रै रोग लाग्न सक्छ ।
    थकान
    थाइराइडको लक्षणका क्रममा छिट्टै थकान महशुस हुन्छ । उसको शरीर सुस्त हन्छ । थाइराइड भएको व्यक्ति अल्छी हुनुका साथै शरीरको ऊर्जा समाप्त हुन थाल्छ ।
    अनुहार सुख्खा हुनु
    थाइराइडबाट पीडिट व्यक्तिको अनुहार सुख्खा हुन्छ । त्वचामा रूखोपना आउँछ । त्वचाको माथिको भाग सेललाई क्षति हन्छ । अन्त्यमा त्वचामा सुख्खापना आउँछ ।
    रुघा
    थाइराइड भयो भने व्यक्तिलाई रुघा लाग्ने गर्छ । यो सामान्य रुघाभन्दा अलग हुन्छ । यस्तो रुघा सञ्चो हुँदैन ।
    डिप्रेशन
    थाइराइडको समस्या भयो भने व्यक्ति सधैँ डिप्रेशनमा रहन्छ । उसलाई कुनै पनि कुरामा मन लगाएर काम गर्न मन लाग्दैन । दिमागको सोच्ने र सम्झने शक्ति कमजोर हुन्छ । या दगर्ने क्षमता पनि ह्रास हुन्छ ।
    कपाल झर्ने
    थाइराइड हुँदा व्यक्तिको कलाप झर्ने समस्या देखिन्छ । टाउको कपाल झरेर टाउको कपाल बिहीन हुन्छ । साथै आँखी भौँ पनि झर्ने हुन्छ ।
    मांसपेशी दुख्ने
    मांसपेशी र जोड्नी दुख्ने कुरा पनि थायराइडको समस्याको लक्षणका रुपमा लिनु सकिन्छ ।
    वंशाणुगत
    यदि तपाईको परिवारमा कसैलाई थायराइडको समस्या छ भने त्यो समस्या तपाईलाई पनि हुन सक्छ ।
    शारीरिक र मानसिक विकास
    थाइराइडको समस्या भयो भने शारीरिक वा मानसिक विकासमा समस्या आउन सक्छ । शरीरको विकास अत्यन्तै सुस्त गतिमा हुन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.