logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    निष्क्रिय पत्रकारलाई सदस्यता दिएको भन्दै पश्चिम नवलपरासीमा प्रेस युनियनद्वारा तालाबन्दी


    १५ जेष्ठ २०८१ , मंगलबार

    निष्क्रिय पत्रकारलाई सदस्यता दिएको भन्दै पश्चिम नवलपरासीमा प्रेस युनियनद्वारा तालाबन्दी

     

    ज्ञानेश्वर साहनी । लुम्बिनीखबर
    नवलपरासी ,१५ जेठ । नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले सदस्यताको विषयलाई लिएर ७ बुदें माग राख्दै नेपाल पत्रकार महासंघ निष्क्रिय पत्रकारलाई नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

    युनियनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड विपरित गैर पत्रकारलाई दिइएको सदस्यता खारेज गर्ने, सदस्यता शुद्धिकरणका नाममा गरिएको मनपरी र बलजफ्ती बन्द गर्ने –प्रदेश समितिहरुको गरिमा कायम राख्ने, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्ने, विधान विपरितका गतिविधि बन्द गर्ने, क्रियाशील पत्रकारको लागि नयाँ सदस्य आह्वान गर्ने, विभेदपूर्ण सदस्यता सिफारिस पुनरावलोकन गर्ने लगायतका माग राख्दै नेपाल प्रेस युनियन तालाबन्दी गरेको छ ।

    तालाबन्दी पछि नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष उमेश वि.क.को हस्ताक्षर रहेको विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाद्वारा सिफारिस भई केन्द्रिय समितिबाट समेत स्वीकृति भएको नेपाल पत्रकार महासंघ नवलपरासीमा कायम भएका सदस्यहरुको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

    नेपाल पत्रकार महासंघ नवलपरासी शाखाबाट महासंघको सदस्यता निर्देशिका बमोजिम तटस्थ रुपमा सदस्यता नविकरण र नयाँ सदस्यता आह्वानमा नवलपरासी शाखाको गम्भिर त्रुटि रहेको हाम्रा ठहर छ । नवलपरासी शाखाले निर्देशिकाको धज्जी उडाउँदै सञ्चार कर्ममा निरन्तर क्रियाशिल नभएका र मुख्य पेशा शिक्षण र गैर सरकारी संस्थामा आबद्ध व्यक्तिहको नाम समेत महासंघको सदस्यता नामावलीमा समावेश भएको स्पष्ट र छर्लङ्ग छ , जुन श्रमजिवी पत्रकार जगतको पुर्णतः अहितमा रहेको युनियनले जनाएको छ ।

    यस सम्बन्धमा आपत्ति जनाउँदै यस नेपाल प्रेस युनियन नवलपरासी शाखाले , नेपाल पत्रकार महासंघ नवलपरासी शाखा , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश , नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिमा समेत बारम्बार लिखित र मौखिक रुपमा समेत यो गम्भिर त्रुटि सच्याई पुनरावलोकनका लागि ध्यान आकर्षण गरिएको विषयलाई समेत नजरअन्दाज गरि जिल्ला शाखाको पुर्वाग्रही एवम् निर्देशिका विपरित गरिएको सिफारिस नामावलीलाई केन्द्रिय समितिले समेत परेका उजुरीको विषयमा छलफल नगरि हुवहु स्वीकृत गर्ने विषय दुर्भाग्य र लोकतान्त्रिक मुल्य मान्यता विपरित रहेको यस नेपाल प्रेस युनियन नवलपरासी शाखाको ठहर रहेको बिज्ञप्तीमा जनाईएको छ
    मागको सम्बोधन नभए सम्म जिल्ला शाखाको भूमिका समेत अमान्य रहने नेपाल प्रेस युनियन नवलपरासीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.