अन्जना चौहान । लुम्बिनीखबर
११ महिनामा रु. ३० लाख बढीको तस्करी सामान नियन्त्रण
लुम्बिनी, २७ जेठ । रुपन्देही जिल्ला भित्र पर्ने पालिकाहरु मध्ये लुम्बिनी साँस्कृतिक नगरपालिका पनि एक हो । यो नगरपालिका भारतको सिमानासंग जोडिएको छ । नगरपालिकाको मर्चवार क्षेत्र पर्छ भने पश्चिममा शुद्धोधन गाउँपालिका कपिलबस्तु पर्छ । यो नगरपालिकाको सम्पूर्ण क्षेत्रलाई शान्ति र सुरक्षाको कार्यक्षेत्र ईलाका प्रहरी कार्यालय लुम्बिनी पर्साको रहेको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङसंग शान्ति र सुरक्षाको विषयमा कुराकानी प्रहरी चौकी कालिदह, प्रहरी चौकी सुक्रौली आमा, अस्थायी प्रहरी विट पर्सा, अस्थायी प्रहरी विट महिलवार गरी ४ वटा ईकाई रहेको छ ।
प्रहरी निरीक्षक तामाङका अनुसार –हाम्रो कार्यालयको क्षेत्र तथा एरियामा कुनै पनि ठाउँमा कुनै घट्ना घटेको खबर पाउनसाथ तुरुन्तै आफूसहित प्रहरीको टोली पुगी घट्नाको यथार्थ बुझेर कार्यान्वयनमा ल्याएका छौं ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका कार्यक्षेत्र सीमा क्षेत्रमा पर्ने हुँदा कतिपय व्यक्तिहरु घट्ना घटाएर छिमेकी राष्ट्र भारतमा फरार हुने र भारतमा घट्ना घटाएर नेपालमा भित्रिने यो सबै भन्दा ठूलो चुनौतिको विषय रहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
यस कार्यालयले नियमित क्षेत्रअधिकार भित्र सिमित स्रोत साधनका बाबजुद शान्ति र सुरक्षाको विषयमा निगरानी बढाएको, दुर्घटनाको विषयमा घाइतेलाई उपचार, खोज अनुसन्धान, विश्व शान्तिका अग्रदुत महामानव गौतमबुद्ध पवित्र जन्मस्थल तथा पर्यटकीय क्षेत्र लुम्बिनी यही कार्यालयको क्षेत्र भित्र पर्ने भएको हुँदा विदेशी भिआइपी पर्यटकहरुको सफल भ्रामण, विश्वव्यापी कार्यक्रमलाई सुरक्षा योजना बनाई अगाडि बढेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
प्रहरी निरीक्षक तामाङले भन्नुभयो “विपदका समय तथा आपद् कालिन समयमा सुरक्षा गस्ती बढाएर शान्ति र सुरक्षा प्रवाह गरेको छौं ।”
ईलाका प्रहरी कार्यालयमा दर्ता भएका उजुरीको ०८०÷०८१ तथ्याङ्कलाई हेर्दा कर्तव्य ज्यान मुद्दा दर्ता ३ फर्चोट २, ज्यान मार्ने उधोग मुद्दा दर्ता २ फर्चोट २, भवितव्य ज्यान मुद्दा दर्ता ११ फर्चोट शुन्य, फुटकर ज्यान मुद्दा दर्ता २, झुण्डिएर १३,आत्महत्या दुरुत्साहन गर्न नहुने मुद्दा दर्ता १, विष खाएर मुद्दा दर्ता ३, डाका चोरी सम्बन्धि कसुर मुद्दा दर्ता १४ फर्चोट १३, आगलगि मुद्दा दर्ता १, कुटपिट अंगभंग मुद्दा दर्ता १, अभद्र व्यवहार मुद्दा दर्ता १८ फर्चोट १८, लागुऔषध मुद्दा दर्ता ६ फर्चोट ६, बहुविवाह २ फर्चौट १, जबरजस्तीकरणी मुद्दा दर्ता ११ फर्चौट ९,बालयौन दुरुपयोग मुद्दा दर्ता २ फर्चौट १, जबरजस्ती करणी उधोग मुद्दा दर्ता २ फर्चौट १, सवारी ज्यान मुद्दा दर्ता ६ फर्चौट २, सवारी भवितव्य ज्यान मुद्दा दर्ता ३, सवारी अंगभंग मुद्दा दर्ता १ गरी श्रावण मसान्त देखि बैशाख मसान्तसम्म मुद्दा दर्ता १०२, फर्चौट ५८ र बाँकी ४४ ओटा रहेको छ ।
प्रहरी निरीक्षक तामाङका अनुसार –“यो क्षेत्रमा खुल्ला भारतीय सीमानासंग जोडिएको हुँदा अबैध रुपमा चिनी, प्याज, मटरदाल, भेली, लत्ताकपडा, धान, मलखाद, कास्मेटिकका सामानहरु, खसीबोका, चौपाया तथा अन्य फुटकर सामानहरु भन्सार छली गरेर ल्याउने गर्छन ।”
कार्यालयले आर्थिक वर्ष ०८०।०८१ श्रावण महिनादेखि जेठ २५ गतेसम्म ६३० के.जी बैखी रहुमाछा अन्दाजी ६० हजार मूल्य बराबर, ब्रोइलर कुखुराहरु ९ सय ९ ओटा अन्दाजी मूल्य ४ लाख ५४ हजार ५ सय बराबर अबैध रुपमा भन्सार छली ल्याएको बरामद गरी पशुक्वारेन्टाइन चेक पोष्ट बेलहियामा पठाइएको र चिनी, प्याज, मटरदाल, भेली, लत्ताकपडा, धान, मलखाद, कास्मेटिकका सामानहरु, खसीबोका, चौपाया तथा अन्य फुटकर सामानहरु २४ लाख ९४ हजार २ सय ५८ गरी जम्मा ३० लाख ८ हजार ७५८ रुपैंया बराबर नियन्त्रणमा लिएका तथ्याङ्कले देखाएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीको नियमित क्षेत्रअधिकार भित्रपर्ने गाउँठाउँमा घटेका घट्नाहरु आफूहरु सधंै सक्रिय भएर खोजतलास गरी दोसीलाई कानुनको कठ्घरामा खडा गरेको र कतिपय घट्नाको सुचना समयमा नपाउँदा कसुरदार व्यक्ति फरार भएको त्यसैले समयमा नै कुनै किसिमको घटनाबारे शंका लागेमा तुरुन्तै आफूहरुलाई जानकारी गराउन प्रहरी निरीक्षक तामाङले आमजनसमुदाय आग्रह समेत गर्नुभयो ।