logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भारत र चीनमा नयाँ–नयाँ धन्दा, किन गए खिलराज भारत


    २४ असार २०७३ , शुक्रबार

    भारत र चीनमा नयाँ–नयाँ धन्दा, किन गए खिलराज भारत

     
    काठमाडौँ – संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीलाई हराउने प्रमुख मतियार समेत रहेका सर्वोच्च अदालतका पूर्व–प्रधानन्याधीश खिलराज रेग्मीले एक साता पहिले गरेको भारत भ्रमण सन्देहको घेरामा रहेको छ ।पजष्चिबव चभनmष्

    रेग्मी भारतीय संस्थापन पक्षको योजनामा नै भारत पुगेको र उच्च भेटघाट गरेको बताइन्छ । आफू भारत गएको र केही भेटघाट गरेको उनले स्वयम् समेत खुलासा गरेका छन् । नुवाकोटको विदुरमा मंगलबार उनले आफू भारत गएको र केही उच्च भेटघाट गरेको बताएका थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

    ओली सरकार असफल भएपछि भारतीय चाहनाअनुसार नै फेरि पनि आफ्नो काँधमा मुलुकको जिम्मेवारी आउने समेत रेग्मीको दावी छ । संविधान कार्यान्वयनका लागि भन्दै संसद विघटन गरेर पुनः नागरिक समाजको तर्फबाट प्रधानमन्त्री बन्ने योजना रेग्मीको रहेको छ । उनले सोही योजनाअनुसार नै भारतका उच्च अधिकारीसँग भेटवार्ता गरेको स्रोतको दावी छ ।

    रेग्मीले भारतीय जनता पार्टीका अध्यक्ष अमित साहदेखि काँग्रेस आईका उच्च अधिकारी र भारतीय खुफिया एजेन्सी र का उच्च अधिकारीसँग भेट गरी ओली सरकार ढाल्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । संविधान कार्यान्वयन हुन नसक्ने त्यो अवस्थामा आफू भन्दा उत्तम विकल्प आफू नै भएको रेग्मीको दावी थियो ।

    उनले आफू सबैलाई मिलाउन सक्ने भन्दै भारतीय उच्च अधिकारीसँग फूइ समेत लगाएका थिए । उनले त्यतिमात्रै भनेनन्, आगामी स्थानीय निर्वाचन, संघीय तथा प्रान्तिय निर्वाचनमा माओवादीको जमानत समेत जफत गराइदिने आश्वासन समेत रेग्मीले भारतीयलाई दिएका छन् । र का उच्च अधिकारीले थोडा वेट करो रेग्मी जी भन्दै खिलराजलाई आश्वस्त बनाएर पठाएको बताइन्छ ।

    उनले आफू माओवादीलाई ठेगानलगाउन सक्ने एकमात्रै उपयुक्त व्यक्ति भएको भन्दै संविधानसभाको दोस्रो निर्वाचनको उदाहरण दिएका थिए । शक्ति र स्वार्थको प्रभावमा राम्ररी पर्न जान्ने रेग्मीले प्रधानमन्त्री भएर स्वाद फेर्ने रहर राखेको देखिन्छ । उनको रहर पूरा हुने अवस्था आए संसदीय व्यवस्था पुनः एकपटक धरापमा पर्ने देखिन्छ । खड्ग ओली पनि सरकार छाड्नु परे संसद विघटन गर्नेसम्मको योजनामा लागेको बुझिन्छ । उनले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन हुने अवस्था छैन, त्यो अवस्थामा असफल भएको भन्दै खिलराज रेग्मी जस्ता रहस्यमयी पात्र सतहमा आउने सम्भावनालाई नकार्न सकिन्न ।

    रेग्मी भारतबाट फर्किएर निकस्टहरुसँग आफू पुनः प्रधानमन्त्री बन्ने बताइरहेको बेला एमाले नेता झलनाथ खनाल भने उपचारको वहानामा चीन प्रस्थान गरेका छन् । ओलीको गतिविधि ठिक नभएको भन्दै चीनले झलनाथलाई बोलाएर पछिल्लो अवस्थाको बारेमा जानकारी लिन खोजेको बुझिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.