लुम्बिनीखबर
भैरहवा, ३२ जेठ । मुन लाइट इङ्लिस बोर्डिङ स्कुलमा इन्टर इन्स्टिच्युट सेकेन्डरी लेभलको हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
मुन लाइट इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा एस.ई.ई दिइएर बसेका विद्यार्थीहरूको लागि यो प्रतियोगिता गरिने भएको हो । हाजिरी जवाफ प्रतियोगितामा १७ वटा इन्ष्टिच्यूटहरुका विद्यार्थीहरू सहभागी हुने भएका छन् ।
असार १ गते शनिबार इन्स्टिच्युटमा कम्प्युटर कक्षा लिइरहेका विद्यार्थीहरूबाट हाजिरी जवाफ प्रतियोगिता गर्ने मुन लाइट स्कुल व्यवस्थापन समितिले जनाएको छ ।
एस.ई.ई दिइएर बसेको बालबालिकाहरूको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले यो हाजिरी जवाफ प्रतियोगिता गराउन लागेको मुनलाइट बोर्डिङ सेकेन्डरी स्कुलका प्राचार्य राजेश राज जोशीले जानकारी दिनुभयो ।