logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्नः४८ करोडको बजेट सार्वजनिक


    १२ असार २०८१ , मंगलबार

    मर्चवारी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्नः४८ करोडको बजेट सार्वजनिक

    असलम खान, लुम्बिनीखबर ।


    मर्चवारी, ११ असार । रुपन्देहीको मर्चवारी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ४८ करोड २३ लाख ६७ हजार ९ सय ६९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले चालु तर्फ १० करोड १५ लाख ८१ हजार ९ सय रुपैयाँ तथा वडा तर्फ ७ करोड ८४ लाख बजेट पेश गर्नुभयो । यस्तै व्यय तर्फ नै समपूरक अनुदान गाउँपालिका तर्फ १ करोड २५ लाख, संघ तर्फ ५५ लाख र प्रदेश तर्फ ७० लाख रुपैयाँ विनियोजन गरेको बताउनु भयो ।

    विषयगत शाखाहरु तर्फ कृषिमा १५ लाख, शिक्षा तर्फ ३ करोड ५० लाख, पशु तर्फ १० लाख, स्वास्थ्य तर्फ १ करोड ५५ लाख, विपद् व्यवस्थापन कोषमा १० लाख राखिएको अध्यक्ष बरईले बताउनु भयो । सशर्त अनुदान संघ तर्फ १६ करोड ९७ लाख ८६ हजार, प्रदेश तर्फ ९० लाख र विशेष अनुदान प्रदेश २० लाख रुपैयाँ छुट्टयाइएको छ ।

    पालिकाले गाउँपालिका अध्यक्षका योजना र गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा २ करोड रुपैयाँ तथा उपाध्यक्षका योजनाका लागि १ करोड ५० लाख रुपैयाँ छुट्टयाएको छ । आय तर्फ आन्तरिक श्रोतबाट २५ लाख रुपैयाँ उठाउने पालिकाले उद्देश्य लिएको छ । गत वर्षको अल्या ४ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

    राजस्व बाँडफाडबाट सङ्घीय सरकारबाट ९ करोड ९४ लाख ८१ हजार ९ सय ६९ रुपैयाँ, प्रदेश सरकारबाट ३४ लाख ६९ हजार रुपैयाँ आउने पालिकाले प्रक्षेपण गरेको छ । मर्चवारी गाउँपालिकाले सोमबार नै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिका उपाध्यक्ष आशा सिंहले नीति तथा कार्यक्रम पेश गर्दै यस पटक पनि भौतिक पूर्वाधारको साथै सामाजिक विकास र कृषि स्वास्थ्य, शिक्षालाई समेटिएको बताउनु भयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.