logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन


    २ साउन २०८१ , बुधबार

    आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, साउन २ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर–५ स्थित महुवारीमा नवनिर्मित अधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । दुई करोडको लागतमा निर्माण सम्पन्न भएको एक–तल्ले अधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको मंगलबार गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले उद्घाटन गर्नु भएको छ ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बरईले जनतालाई नजिकबाट सेवा दिन जनप्रतिनिधि लागि परेको बताउनु भयो । वहाँले स्वास्थ्य, शिक्षा क्षेत्रको विकासका लागि अघि बढेको बताउनु भयो । वहाँले भन्नुभयो ‘‘मर्चवारी गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन लागिपरेका छौं ।’’ भौतिक संरचनासँगै सेवा पनि स्तरीय हुनुपर्नेमा जोड दिँदै त्यसका लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनु भयो ।

    अधारभूत स्वास्थ्य सेवा केन्द्र भवनले गाउँबासी स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नु भएको छ । मर्चवारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार सिंहको अध्यक्षता तथा अमवा प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज राकेश यादवको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मर्चवारी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ओमप्रकाश चौधरी, रुपन्देहीका समन्वय समिति सदस्य राजमन प्रसाद, कार्यपालिका सदस्य राजमती मौर्या, रामसुमेर ठाकुर, समाज सेवी तथा राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.