logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    हरियाली प्रर्वद्र्धनमा लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी


    १७ साउन २०८१ , बिहिबार

    हरियाली प्रर्वद्र्धनमा लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी

    मनोज क्षेत्री ।


    भैरहवा, साउन १७ । लायान्स क्लब अफ भैरहवा ग्रिनसिटीले बुधबार हरियाली प्रर्वद्र्धनको उद्देश्यसहित वृक्षरोपण गरेको छ । क्लबले ओमसतिया गाँउपालिका अवस्थित पड्सरी मेन रोडको खाली स्थानमा ३० वटा विभिन्न प्रजातीका बोटविरुवाको वृक्षरोपण गरेको हो । वृक्षारोपण कार्यले वढ्दो प्रदुषणलाई कम गरी स्वस्थ र हरियाली वातावरण सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा क्लबको छ । कार्यक्रममा बोल्दै लायन्स ३२५ पि एरिया ५ का एरिया चिफ अभिनव मयुर कशौधनले विश्व जलवायु परिवर्तनको चपेटामा परिरहेको समयमा क्लबले वातावरण संरक्षणको लागि चालेको कदम सराहनिय भएको बताउनु भयो ।

    पालिका तहबाट पनि वृक्षरोपण गरिएका बिरुवाको संरक्षणको लागि सक्दो पहल गर्ने ओमसतिया गाँउपालिका वडा न. २ का वडा सदस्य कलाधर लम्सालले बताउनु भयो । लायन्स क्लब अफ ग्रिनसिटीका अध्यक्ष कमल रायमाझीले वातावरण संरक्षणको हेतुले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

    कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख, वजिर शिंह विष्ट, क्लवका पूर्व अध्यक्ष गोविन्दप्रसाद गिरी, राष्ट्रिय गहु बाली अनुसन्धान भैरहवा प्रमुख डा. रोशन बस्नेत लगायतले वृक्षरोपणको महत्व बारे प्रष्ट पारेको थिए । भानु पौडेलको सयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन हेमन्त जोशीले गर्नु भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.