logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    संघसंस्थालाई नियन्त्रण गरौँ


    ३१ साउन २०८१ , बिहिबार

    संघसंस्थालाई नियन्त्रण गरौँ

    नेपालमा अहिले विभिन्न उद्धेश्य राखेर दर्ता भएका संघसंस्थाहरुको सख्या बढ्दो छ । समाज रुपान्तरण तथा मानव विकासमा सहयोग पुराउने भन्दै दर्ता भएका यस्ता संघसंस्थाहरु मापदण्ड अनुसार सञ्चालन भएनभएको विषयमा अनुगमन गर्ने समयन्त्र नहँुदा समस्या परेको छ । स्थानीय तह तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर कानुनी मान्यता पाएका यस्ता संस्थाहरुले गर्ने कामहरु प्रति समेत सरकारी निकाय बेखबर जस्तो बनेको छ । स्थापना भएका संस्था मध्य केहिले विदेशी संस्था संग साझेदारीमा काम गरेको छन् । केहीे नेपालका सरकारी निकाय संग साझेदारी गरेको पाईन्छ । समाज सेवाका लागि खोलिने यस्ता संस्थाहरु नेपालमा भने नाफा कमाउनका लागि खोलिएका छन् । जसले गर्दा नाम सामाजिक संस्था काम भने नाफामुखी भएको पाईन्छ । संस्थाको आयस्रोत तथा लगानी गर्ने साझा स्रोत भेटिदैन । तर विभिन्न निकाय सँगको सम्बन्धका कारण कार्यक्रमहरु गर्ने र नाफा कमाउने धन्दा नेपालमा उर्लदो छ । आर्थिक चलखेलका लागि सरकारी निकाय देखि विदेशी राजदुतावास सँग सम्म पहुच बढाएर आर्थिक उर्पाजन गर्न तर्फ केन्द्रित छन् । देशमा यस्ता संस्था चलाउनेहरु नवधन्याढ्य बनेको देखिन्छ । देशलाई विभिन्न क्षेत्रमा सहयोग पुराउने र मानिसको जीवनस्तर माथी उकास्नका लागि सहयोगीको भूमिका खेल्ने सोच बोकेका यस्ताहरु झारा टार्ने कार्यक्रमहरु गरेर पैसा कमाउने धन्दामा लाग्दा नेपालको आफ्नो र विदेशी दाताहरुले दिने ठूलो रकम व्यक्तिको खातामा पुगेको छ । कागजात मिलाएर विभिन्न जनचेतना मुखी कार्यक्रम गरेर आर्थिक लाभ प्राप्त गर्ने व्यक्तिमा विभिन्न पेशा तथा समुदायका अगुवाहरु छन् । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको मुख्य नेतृत्व रहेको नेपालका संघसंस्थामा तल्लो वर्गका समुदायहरुको उपस्थित भने शून्य छ । त्यही वर्गको उत्थानका लागि भनेर दर्ता भएका संस्थाहरुले उनको नाम बजेट माग गरेर आफैले कागजात मिलाएर झ्याम पार्ने प्रवृत्ति नेपालमा व्यापाक छ । स्थानीय पालिकाहरुमा अहिले जनप्रतिनिधि,राजनीतिक दलको नेता तथा कर्मचारीको मिलोमतोमा विभिन्न शीर्षकमा संघसंस्थालाई वितरण गर्ने बजेट आउने क्रम बढ्दो छ । जनचेतना नामको मात्र हुने यस्ता कार्यक्रम नाम मात्रको हुने र आर्थिक उर्पाजन गरि बाडिचुढी खाने पद्धती धेरैमा देखिन्छ । देशमा नीतिगत रुपमा भ्रष्ट्रचारलाई संस्थागत कर्मचारीतन्त्रले गरेको छ । संघसंस्थाको नाममा हुने यस्ता कार्यक्रमहरुले पनि भ्रष्ट्रचारलाई संस्थागत गरेको पाइन्छ । देशमा लाखौँ संघसंस्था दर्तामा रहेका छन् । पहुच हुनेहरुले यस्ता संस्थालाई सेटिङको भरमा चलाएका छन् । उद्धेश्य राम्रो बोकेर दर्ता भएका संस्थाहरुमा सरकारी सहयोग नभएपछि बन्द भएका उदारणहरु धेरै देखिन्छ । त्यसकारण हुनेखाने र पहुवालाको भरमा संस्थाहरुको नाममा ठगी धन्दा चलीरहेको छ । यस्ता संस्थाहरुलाई नियमनकारी निकायले पहिचान गर्न जरुरी छ । संस्थाहरुले आफै स्रोत व्यवस्थापन गर्ने र साझेदारीमा दुवै पक्षको खर्च गर्नुपर्ने हुन्छ । तर नेपालमा सञ्चालन रहेका संस्थाहरुले अन्य संस्थासँग वा सरकारी निकायसँग साझेदारीको नाममा नाफा कमाउने गरेका छन् । त्यो कानुन विपरित हुन्छ । त्यस कारण सघसंस्थालाई कडा कानुनको दायरमा ल्याएर कार्यक्रममा अनुगमन गर्न जरुरी छ । यस्ता संस्थामा हुने कमिशन तथा भ्रष्ट्रचारको नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्दछ । देशलाई अहिले स्वदेशी तथा विदेशी एनजिओ तथा आईएनजिओले आफ्नो आर्थिक उर्पाजनको थलो बनाएका छन् । त्यसको नियन्त्रण गरि स्वदेशी भावना जाग्ने वातावरण सृजना गर्नू पर्दछ । नेपालमा नेपाली पनको झल्को आउने कार्यक्रम तथा योजना र जनचेतना हुनु आवश्यकता हो । तर बिदेशी योजना तथा कार्यक्रम र रहनसहन पनि बिदेशको जस्तो गरेर गरिने कार्यक्रमहरुले आम नेपालीहरुलाई खासै सहयोग पुराएको पाईदैन । त्यस कारण देशमा संञ्चालन हुने एनजिओ तथा आईएनजियोका कार्यक्रमहरुलाई नेपालमा मापदण्डमा सञ्चालन हुने वातावण बनाउनु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.