logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    बी.ओ.पी गुठीप्रसौनीको नवनिर्मित भवन उद्घाटन


    ३१ साउन २०८१ , बिहिबार

    बी.ओ.पी गुठीप्रसौनीको नवनिर्मित भवन उद्घाटन

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, ३० साउन । नेपाल–भारत सीमा क्षेत्र झुलनीपुरमा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी गुठीप्रसौनीको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
    प्रतापपुर गाउँपालिका वडा नं–६ झुलनीपुरमा निर्माण गरिएको बी.ओ.पी भवनको उद्घाटन गरिएको हो। १६ वर्ष अघि स्थापना गरिएको बी.ओ.पीमा भवन नहुँदा समस्या हुँदै आएको थियो।

    नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति नायब महानिरीक्षक अभि कुमार खत्रीले उद्घाटन गरेका हुन्। प्रतापपुर गाउँपालिका वडा नं–६ झुलनीपुरमा बी.ओ.पी स्थापनाका लागि मालपोत कार्यालय नवलपरासीले चलानी नम्बर ५४ २०७१.०४.१५ गते ४ बिगाहा क्षेत्रफलमा बी.ओ.पी गुठीप्रसौनीको नाममा भोगाधिकार गर्ने गरी प्रदान गरेको छ।
    सोही जमिनमा भवन निर्माणपछि बस्न सहजसमेत भएको छ । सेवा प्रदान गर्नसमेत सहज हुने बाहिनीपति खत्रीले बताए। नेपाल–भारत सीमामा विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले १६ वर्षअघि बीओपी स्थापना गरिएको थियो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वागले स्वागत तथा भवन निर्माण प्रतिवेदन प्रस्तुत गर्दै २०७७ जेठ १८ गते देखि निर्माण कार्य प्रारम्भ भई थप म्याद सहित २०७७ मन्सिर ७ गते भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

    ओम सत्म साई‌ कन्ट्रक्सन प्रा।ली भरतपुर चितवन ले प्राप्त गरेका ठिकका मा विनियोजन रकम ८७ लाख १ हजार ३ सय ७० रुपैयाँ मा नयाँ भवन निर्माण भएको प्रकाश वागले जानकारी दिनुभएको थियो।भवन उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेशचन्द्र यादव , प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.