logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    जिल्ला अस्पतालको विकासका लागि हामी निरन्तर प्रयासरत छौं ः इरफान


    ३१ साउन २०८१ , बिहिबार

    जिल्ला अस्पतालको विकासका लागि हामी निरन्तर प्रयासरत छौं ः इरफान

    शहबाज खान । लुम्बिनीखबर
    कपिलवस्तु, ३१ साउन । कपिलवस्तु जिल्ला अस्पतालमा एक करोड ६ लाख २८ हजार ९९४ रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीको व्यवस्था भएको छ। जसपाका जिल्ला अध्यक्ष तथा युवानेता इरफान खानको नेतृत्वमा अस्पतालमा यो महत्वपूर्ण स्वास्थ्य सामग्री भित्र्याउन सफल भएका छन्। यस पहलले कपिलवस्तु जिल्ला अस्पतालको सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
    इरफान खानले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप यादव र पूर्व मन्त्री मोहम्मद इस्तियाकसँगको विशेष समन्वयमा एक करोड बढीको सिएएमार मेसिन कपिलवस्तु अस्पतालमा ल्याउन सफल भएको जानकारी दिए। यस मेसिनको आगमनले कपिलवस्तुवासीमा हर्ष छाएको छ।

    इरफान खानले भने, “कपिलवस्तु जिल्ला अस्पतालको विकासका लागि हामी निरन्तर प्रयासरत छौं। यसलाई आधुनिक र सुसज्जित बनाउन हामीले ठोस कदम चालेका थियौं, र आज हामी सफल भएका छौं।
    यस मेसिनको आगमनले अस्पतालमा हाड जोर्ने सम्बन्धी विशेष सेवाहरू प्रदान गर्न महत्वपूर्ण सहयोग पुऱ्याउने विश्वास गरिएको छ। आधुनिक यन्त्र उपकरणहरूको व्यवस्था भएपछि जिल्ला अस्पतालले अझ उत्कृष्ट सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

    अस्पतालमा यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबै सरोकारवालाहरूलाई इरफान खानले विशेष धन्यवाद ज्ञापन गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.