अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ५ भाद्र । लुम्बिनीमा युएसएआईडीको आयोजनामा जल जङ्गल सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जल जङ्गल तथा प्राकृतिक स्रोत जलधार ब्यवस्थापनमा महिला तथा जोखिममा रहेको समुदायहरुको मुद्दाहरु सम्बोधन गर्न बहु–सरोकारवालाहरुसंग संवाद कार्यक्रममा भएको छ ।
जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गत पर्ने बुद्धमाया होटलमा विभिन्न संघसंस्था, क्लबका पदाधिकारी तथा स्थानीय महिला, दलित तथा जोखिममा रहेको समुदायहरु मानिसहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर उपप्रमुख तथा प्रमुख अतिथि कल्पना हरिजनले फुलेको विरुवामा पानी हाली कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम युएसएआईडीका सिनिय प्रमोद सुवेदीले जल जङ्गल परियोजना विगतका वन तथा जलस्रोत संरक्षण क्षेत्रमा प्राप्त सफलता आधारित रहि स्थानीय समुदाय सरकार र संरक्षणकर्मिहरुको जैविक विविधता संरक्षणमा सहयोग पुयाउने उद्देश्यका साथ कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रम गर्नुको उद्देश्यभ भनेको परिस्थितिक प्रणालीको स्वस्थ्यमा सुधार, वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण र प्राकृतिक स्रोतको सुरक्षा र प्रकृतिको जलवायु उत्थानशीलता तथा मानव परिस्थितिक प्रणाली अभिबृद्धि गर्नु हो ।
कार्यक्रममा युएसएआईडी वरिष्ट अधिकृत लोक बहादुर नेपालले युएसएआईडीको जल जङ्गल तथा प्राकृतिक स्रोत जलधार ब्यवस्थापनमा महिला तथा जोखिममा रहेको समुदायहरुको मुद्दाहरुको विषयक रणनीति बारे जानकारी दिनुभएको थियो ।
सम्वाद कार्यक्रममा सार्वजनिक जग्गामा वृक्षरोपण गर्ने, छाडन चनैपनयनलनई व्यवस्थापन गर्ने, बनजङ्गल फडानी गर्दा देखिएका वातावरणीय अनियमितताबारे, एक घर एक विरुवा रोप्ने जस्ता विषयमा सरोकारवालासंग अन्तरक्रिया गरिएको थियो । यसबाट मानवीय जीवनमा आइपर्ने सबल र दुर्वल पक्षको विषयमा विभिन्न संघसंस्थाका सदस्यहरुसंग कसरी सुधार गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमम युएसएआईडीका संचालक राजेन्दर कोली, आमा समुहका टिका कटेल, दसलत समुदायका सुनिता हरिजन, युवा समुहका राजकुमार बरई, वडा नं. २ का अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता इनामुल्लाह फकिर, नगर कार्यपालिका सदस्य रुविना मुसलमान, ग्रीन यूथ अफ लुम्बिनी, साथी सञ्जाल, किशोरी अधिकार मञ्च, सहकारी वनका प्रमुख, नगरपालिकाका कर्मचारी लगायत नगरपालिका स्तरीय मानिसहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।