logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मायादेवी–८ को तीज मिलन तथा दर खाने कार्यक्रम


    १७ भाद्र २०८१ , सोमबार

    मायादेवी–८ को तीज मिलन तथा दर खाने कार्यक्रम

    लुम्बिनीखबर


    भैरहवा, १७ भदौ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं.–८ ले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । आइतबार भैरहवामा वडा भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, स्यंसेविका समेतलाई सहभाागी गराई गरिको हो ।

    वडा अध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा ४० भन्दा बढीको सहभागीतामा रहेको थियो । अध्यक्ष थापाका अनुसार– ‘तीज तथा दर खाने कार्यक्रम एउटा परम्परा, संस्कार, संस्कृतिलाई जोगाउने र दिदीबहिनीहरुमा अपनत्वको भावना कायम गर्नको लागि जरुरी छ ।’ अगामी दिनमा पनि यस्ता गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा वडा सदस्य तीर्थी थारुले कार्यक्रमलाई सम्वोधन गर्दै वर्षभरी कामका व्यस्त दिदीबहिनीहरु थोरै समय भएपनि आफूहरुलाई कामबाट छुट्कारा लिई चेलीदिदीसँग भेटघाट गरी सामुहिक रुपमा रमाइलोका साथै दुःख, सुख पोख्नको लागि तीज मिलन गरिने बताउनुभयो ।

    कार्यक्रमका वडा सदस्य निरु परियारले वर्षौदेखि नेपालीहरुले एउटा पर्वको रुपमा मनाउदै आइरहेको तीज पर्व महिलादिदी बहिनी मात्र नभई दाजुभाईहरुको सहभागीता हुँदा अझै अपनत्वको बढेको महसुुस भएको जनाउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.