logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा !


    २६ असार २०७३ , आइतबार

    चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा !

    काठमाडौं–नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् ।

    प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका तातोपानी–खासा, रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुचारु गर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडौं आइपुगेका हुन् ।

    औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    जनमुक्ति सेनाको मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिबार अपरान्ह काठमाडौं आइपुगेको हो । बुधबारसम्म नेपालमै रहने भ्रमण टोलीले नेपालको सुरक्षा संयन्त्रसँग अनौपचारिक छलफल गर्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.