रमा पन्थी । लुम्बिनीखबर
भैरहवा, २१ भदौ । हिन्दुहरुको महान पर्व तीज पछि मनाइने ऋषिपञ्चमी अर्थात भाद्र शुक्ल पञ्चमीको दिन मनाइने पर्व हो ।
नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरेर विशेष तरिकाले ऋषिपञ्चमी मनाइन्छ ।
प्रचलित संस्कार र धार्मिक परम्परा अनुसार १२ महिनाभरी रजश्वला हुँदा महिलाहरुले जानीनजनी कति कुराहरु छोएको हुन सक्छ, त्यसरी छोइदा पाप लाग्छ भन्ने धार्मिक मान्यता छ ।
उक्त पापबाट मुक्त हुनको लागि यस दिनमा धारा, पधेरो, खोला, नदिमा गई अघिलै दिनमा तयार गरी लगेको ३६५ ओटा दत्तिउन टोकी, माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्छ ।
नुहाउँदा अङ्ग शुद्ध गर्नको लागि चाल्नीमा गहुँत राखेर तिल, चामल र जौँ मिसाइ चाल्नीले टाउकोबाट पानी खनाएर नहाउनुपर्छ त्यस पश्चात शरीरलाई शुद्ध गरी पूजाका सामग्री सहित मन्दिर घर अथवा कुनै स्थानमा गएर धेरै जना महिलाहरु जम्मा भई पन्डित बोलाएर सप्तऋषिको पूजा गरिन्छ । पन्डित गौरव आचार्यका भन्नुहुन्छ, ‘ महिलाहरुले शुद्ध वस्त्र र शुद्ध शरीर लिएर शुद्ध मनले ऋषिपञ्चमीमा सप्तऋषिको पूजा आधराना गर्नाले वर्षभरी रजश्वला हँुदा जानअन्जानमा गरेका सबै पापहरु नास हन्छ । नारीहरुले लगाउने चुरा, पोते, टिका, ऐना लगायतका नारीका सौभाग्यका सामानहरु दान गर्नुपर्छ ।
पूजा गरेको ठाउँमा सप्तऋषिको गीत गाएर नाच्नाले शरीरमा रोग हट्ने र स्फुर्ति बढ्ने हुन्छ । पूजा पश्चात पन्डित र कन्याहरुलाई दानदक्षिणा गर्नाले पून्य मिल्छ । उक्त दिनमा हलोले जोतेर उमारेको खानाका प्रकारहरु खानु हँुदैन । यस दिनपछि तीज पर्व सकिन्छ ।’