logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    आत्महत्याका घटना रोकथाम गर्न अर्घाखाँची प्रहरी सक्रिय


    २४ भाद्र २०८१ , सोमबार

    आत्महत्याका घटना रोकथाम गर्न अर्घाखाँची प्रहरी सक्रिय

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, २४ भाद्र । अर्घाखाँची जिल्लामा आत्महत्या समस्या रोकथाम गर्नको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची लागिपरेको छ। जिल्ला पालिका र वडा हरूमा आत्महत्या न्यूनीकरण समिति गठन गरी जिल्लाभरि जनचेतना कार्यक्रम अगाडि बढाएको छ ।
    आत्महत्या सम्बन्धी कसूरको आ.व. २०७८÷०७९ र २०७९।८० को अपराध तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी रहेको, प्रदेशगत तुलना गर्दा सबैभन्दा बढी आत्महत्या कोशी प्रदेशमा र कम आत्महत्या कर्णाली प्रदेशमा पटेको, उमेर समूह अनुसार कुल आत्महत्यामध्ये सबैभन्दा बढी १८–२५ वर्ष उमेर समूहमा (२१%) र बालबालिकामा समेत १५१४ आत्महत्या भएको, जातीय आधारमा आदिवासी जनजातिमा सबैभन्दा बढी (३९%) आत्महत्या भएको, शैक्षिक स्तरको आधारमा साधारण लेखपढ गर्ने सबैभन्दा बढी (६३.१%) रहेको, पेशाको आधारमा कृषि पेशा गर्नेमा सबैभन्दा बढी (४६%), क्रमशः विद्यार्थी (१५.४१७) र गृहिणी (११.६%) मा रहेको पाइयो ।
    जिल्ला देखि वडासम्म का कर्मचारी जनप्रतिनिधि प्रहरी समाजसेवी र स्थानीय मिली यो अभियानलाई सफल बनाउन निकै लागि परेको छन्। स्वास्थ्यकर्मी परामर्शकर्ता विद्यालयका शिक्षकको मुख्य भूमिका हुँदा जिल्ला स्वास्थ्य प्रमुख को संयोजकमा जिल्लास्तरीय आत्महत्या न्यूनीकरण समिति गठन गरिएको छ भने अर्घाखाँची जिल्लाकै प्रत्येक वडामा स्वास्थ्य चौकी को प्रमुख को संयोजकमा समिति गठन गरिएको छ ।
    आत्महत्याको प्रमुख कारणमा मानसिक तनाव, क्रमशः आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, लागुऔषध दुर्व्यसन, मादक पदार्थ सेवन र पारिवारिक द्वन्द्र रहेको बताएका छन् ।
    त्यस्तै नयाँ ऊर्जाका साथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी निरीक्षक विपन कार्की यसमा अहोरात्र खट्नुभएको छ। जिल्लाभरि यो समितिलाई निकै सक्रिय बनाई जिल्लामा आत्महत्या हुन नदिन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको मुख्य भूमिका रहने तथा नागरिक मैत्री प्रहरी बनी संगठनको छवि उच्च बनाउन यस अभियानले अर्घाखाँची जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न ठूलो भूमिका खेलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.