logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मर्चवारीमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया


    २४ भाद्र २०८१ , सोमबार

    मर्चवारीमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, २४ भाद्र । रुपन्देहीको मर्चवारी गाउँपालिकामा निःशुल्क मोतियाबिन्दको शल्यक्रिाय (अपरेशन) शुरु भएको छ । मर्चवारी २ अमवामा संचालन रहेको आँखा अस्पतालमा चेकजाँचको क्रममा मोतिया बिन्दुको समस्या देखिएमा गाउँपालिकाको सिफारिसबाट श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा निःशुल्क शल्यक्रिया हुने मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए ।
    मर्चवारी गाउँपालिका भित्रका रहेका नागरिकको आँखा चेकजाँचको क्रममा मोतियाबिन्दु देखा पर्दा गाउँपालिकाको सिफारिसमा निर्धारित अस्पतालमा शल्यक्रिया हुने उनले बताए । शल्यक्रियाको क्रमम लाग्ने खर्च गाउँपालिका र अस्पतालले ब्यहोर्ने अध्यक्ष बराईले जानकारी दिएका छन् ।
    अमवामा संचालित आँखा अस्पताल वा श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा चेकजाँचको क्रममा मोतियाबिन्दुको समस्या देखा पर्दा वडा र गाउँपालिका सिफारिस सहितका प्रक्रिया पुरा गरी निःशुल्क शल्यक्रिया सेवा पाउने मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिएका छन् । हाल सम्म मर्चवारी गाउँपालिकाबाट २ जना सो निःशुल्क सेवा लिइसकेको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.