logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रजिष्ट्रेशन पासको संख्या घट्दो


    २७ भाद्र २०८१ , बिहिबार

    रजिष्ट्रेशन पासको संख्या घट्दो

    आ.व. ०७८।०७९ देखि लिखत जग्गा रजिष्ट्रेशन ओरालो लगेको छ तर पूँजीगत लाभ उकालोमा देखिन्छ ।

    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, २६ भाद्र । भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय भूमि व्यवस्था तथा अभिलेख विभाग मालपोत कार्यालय रुपन्देही भैरहवाले आर्थिक वर्ष ०८०।०८१ मा ९ हजार ६ सय ९७ वटा रजिष्ट्रेशन पास गरेको छ ।
    मालपोत कार्यालय रुपन्देही भैरहवाले गत वर्ष भन्दा कम रजिष्ट्रेशन पास गरेपनि पूँजीगत लाभ भने बढी देखिएको छ ।
    मालपोत कार्यालय भैरहवा रुपन्देहीको राजश्व तथा कार्यसम्पादन आर्थिक वर्ष ०७८।०७९ देखि ०८०।०८१ तीन वर्षको प्रयोगशाला सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्क अनुसार ०८०।०८१ पूँजीगत लाभ बढेको छ ।
    आर्थिक वर्ष ०७८।०७९ सालमा ५९ करोड ५४ लाख २८ हजार ३ सय २० रजिष्ट्रेशन दस्तुर रहको छ भने ९ करोड ५ लाख ५ हजार ८ सय ५४ छुट् दस्तुर रहेको छ । जस मध्ये सेवा दस्तुर ६ करोड ७३ लाख २८ हजार १ सय ५३, पुँजीगत लाभ ३९ करोड ३८ लाख २९ हजार ३ सय ५८, कुल लिखत संख्या १३ हजार २ सय ९५ रहेको छ ।
    आर्थिक वर्ष ०७९।०८० सालमा ३७ करोड ४८ लाख ६५ हजार ८ सय ६७ रजिष्ट्रेशन दस्तुर रहको छ भने ५ करोड १८ लाख ४२ हजार २ सय ६८ छुट् दस्तुर रहेको छ । जस मध्ये सेवा दस्तुर ४ करोड २३ लाख १२ हजार ६ सय २१, पँुजीगत लाभ ३९ करोड ३८ लाख ३० हजार ६ सय ८४, कुल लिखत संख्या ९ हजार ७ सय ९ रहेको छ ।
    त्यसै गरी आर्थिक वर्ष ०८०।०८१ सालमा ४३ करोड २२ लाख ८५ हजार ५ सय ७५ रजिष्ट्रेशन दस्तुर रहको छ भने ६ करोड ५६ लाख ९२ हजार २ सय २ छुट् दस्तुर रहेको छ । जस मध्ये सेवा दस्तुर ५ करोड ७४ लाख ३१ हजार ४ सय ८६, पँुजीगत लाभ ४४ करोड १३ लाख ४१ हजार २ सय ८६, कुल लिखत संख्या ९ हजार ६ सय ९७ रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.