logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    टुगा आस्था विकास साकोसको एकाई बैठक असोज ३ र ५ गते हुने


    १ असोज २०८१ , मंगलबार

    टुगा आस्था विकास साकोसको एकाई बैठक असोज ३ र ५ गते हुने

    भैरहवा, असोज १ । रुपन्देही जिल्लाको ठुतिपिपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. को एकीकरण पश्चात ६औं वार्षिक साधारण सभाको एकाई बैठक यही असोज ३ गतेदेखि एकाइगतरुपमा सञ्चालन हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरी असोज ३ गतेदेखि ५ गतेसम्म सेवा केन्द्र स्तरीय एकाई बैठक र असोज १२ गते साधारण सभा २०८१ को निर्णय प्रमाणित कार्यक्रम हुने संस्थाका प्रबन्धक लक्ष्मण काउचाले जानकारी दिनु भयो ।

    संस्थाले प्रकाशन गरेको सूचना अनुसार संस्थाको टुगा सेवा केन्द्र कार्यालयको असोज ३ गते बिहान ९ः०० बजे देखि तमु समाज भवन तिलोत्तमा–१५ मधवलियामा, केन्द्रीय कार्यालयको असोज ५ गते बिहान ९ः०० बजेदेखि ठुतिपिपल मा.बि. ठुतिपिपलमा र भैरहवा सेवा केन्द्र कार्यालयको असोज ५ गते दिउसो ३ः०० बजेदेखि सिद्धार्थनगर–८ देवपथ कार्यालयको प्रांगणमा हुने जनाइएको छ, भने एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज १२ गते शनिबार ओमसतिया–१, ठुतिपिपल केन्द्रीय कार्यालयको सभा हलमा सम्पन्न हुने संस्थाका अध्यक्ष डी.बी. थापाले जानकारी दिनु भयो ।

    सभामा आर्थिक वर्ष ०८०/०८१ मा ७ करोड ६६ लाख शेयर पूँजी, ६२ करोड १० लाख बचत/निक्षेप तथा ६३ करोड ९३ लाख ऋण लगानीमा रहेको प्रतिवेदन प्रस्तुत हुनेछ । त्यसैगरी संस्थाले उक्त आ.व.मा कोषमा ७ करोड ९७ लाख रहेको जनाएको छ, भने १ करोड ६० लाख मुनाफा गरेको छ । त्यसैगरी ८२ करोड ५७ लाख ८१ हजारको कूल वासलात सभामा प्रस्तुत हुनेछ । एकाई बैठकमा संचालक समिति, लेखा सुपरिबेक्षण समिति, ऋण लगानी उपसमिति, सचिवको प्रतिवेदनका साथै लेखापरिक्षण प्रतिवेदन २०८०/०८१ र आगामी वर्ष वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत हुनेछन् ।

    एकाई बैठकमा आर्थिक वर्ष ०८१/०८२ मा ९६ करोडको कूल वासलात, ७२ करोड बचत/ निक्षेप तथा ७४ करोड ऋण लगानी र २ करोड १४ लाख मुनाफासहितको बजेट रहेको प्रतिवेदन प्रस्तुत हुनेछ । साथै एकाई कार्यक्रममा शेयर सदस्यका बालिबालिका (+2 विद्यार्थी), असल बचतकर्ता, उत्कृष्ट कारोबारी, उत्कृष्ट कर्मचारी, चिकित्सा शास्त्रमा डाक्टर उपाधि र विद्यावाराधि Ph. D.  प्राप्त सदस्यलाई सम्मान गरिने संस्थाले जनाएको छ ।

    वार्षिक साधारण सभाको प्रतिवेदन संस्थाको केन्द्रीय कार्यालय तथा सेवा केन्द्रका साथै संस्थाको फेसबुकमा अनलाइन QR बाट लिन सकिने संस्थाले जनाएको छ । आफ्नो जिज्ञासा, राय तथा एकाई बैठकमा राख्न सकिने संस्थाले जनाएको छ । टुगा आस्था विकास साकोसको केन्द्रीय कार्यालयसहित ३ वटा सेवा केन्द्र र ६७५१ जना शेयर सदस्य रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.