logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा महिला सशक्तिकरण सिजन टु कार्यक्रम


    २ असोज २०८१ , बुधबार

    लुम्बिनीमा महिला सशक्तिकरण सिजन टु कार्यक्रम

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २ असोज । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.– १ मा महिला सशक्तिकरण सिजन टु कार्यक्रम सम्पन्न भएको छ ।
    थिङकिङ रिच नेपालको आयोजना र विभिन्न संघसंस्थाहरूको सहकार्य वडा नं. १ मा रहेको सभाहलमा महिला सशक्तिकरण कार्यक्रम गरिएको हो ।
    कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजनको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रममा उप–प्रमुख हरिजनले महिला सम्बन्धी नीति, नियम र अधिकार सुनिश्चितता लगायत विषयमा संबेदनसिल तरिकाले काम गर्ने बताउनुभयो । अगामि दिनमा महिला विकास सम्बन्धी बजेट बिनियोजन गरि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढ्ने बताउनुभयो । थिङकिङ रिच नेपाल संस्थाले धेरै कामहरु गदै आएको छ । महिलाहरुलाई आत्मविश्वास बढाउनु, महिलाहरूलाई सशक्त बनाउनु, क्षमतालाई पहिचान गराउनु, महिला हक र अधिकार सम्बन्धी सचेत गराउनु, पिछडिएको महिलाहरूलाई उच्च शिक्षा हासिल गर्नमा प्रेरित गर्नु समेत गर्दै आएको प्रशंसा गर्नु भएको थियो ।
    महिलाहरुले माथि हुने विभिन्न किसिमका अपराकिब गतिविधि न्यूनिकरणको ध्येय संचालन गनरिएको र अगामि दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्ने जानकारी दिनुभयो । यस्ता कार्यक्रमले सचेता फैलाउनका काम गरी समाजलाई सुसज्जित बनाउने बताउनुभयो ।
    कार्यक्रममा थिङ्किङ रिस नेपालका अध्यक्ष दिनेश कुमार गुप्ताको संयोजक्त्वमा गरिएको थियो । कार्यक्रममा गुप्ताले जुनसुकै जात–जाति, भाषा, धर्म, लिङ्ग, वर्ग, क्षेत्रका आधचारमा हुने घरेलु हिंसा, बेचबिखन, अपराध, द्वन्द्व लगायत विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाहरूको न्यायमा सहज पहुँचलाई सुनिश्चित गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको बताउनुभयो ।
    कार्यक्रममा प्रशिक्षक संजयकुमार पासीले महिलाहरूको समस्या कसरी उत्पन्न भयो, त्यसको असर कस्तो छ, यसलाई कसरी न्यूनिकरण गर्न समिन्छ भन्ने विषयमा जोडदार प्रस्तुत गरेका थिए । महिलाहरु सशक्त बनाउन, भोगिरहेका समस्याबाट छुट्कारा दिलाउन, हिंसा अन्त्य गर्न के गर्नु पर्छ भन्ने कुरा जानकारी दिनुभयो ।
    त्यसै गरी प्रशिक्षक बि.के विश्वकर्माले महिलाको क्षमतालाई कसरी पहिचान गर्ने भन्ने विषयमा प्रशिक्षण गनर्सभएको थियो । प्रशिक्षक विश्वकर्माका सशक्तिकरण हटाउनका लागि महिला क्षमता अभिबृद्धि, नेतृत्व विकास, सामाजिक रुपान्तरण हुन अतिआवश्यक विषय हो । महिलाहरुलाई विभिन्न कार्यक्रममा पहुच बढाउन, सामाजिक मुल्य मान्यता विरुद्ध अभियान संचालन गर्न, महिलाहरुलाई सचेत बनाउन आवश्यक रहेको देखिन्छ । यस्ताकार्य गरेमा मात्र सबै प्रकारका विभेद हटाउन सकिन्छ र महिलाहरुको मानव अधिकारको संरक्षण सुनिश्चित गर्न सकिन्छ ।
    कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका वार्ड नं २ का वडा सदस्य, विभिन्न वडाका प्रतिनिधि, समाजसेवी गैडहवा गाउँपालिकाका पूर्व अध्यक्ष बच्चु लाल केवट, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थामा आबद्ध किशोर किशोरी गरी ३ सय भन्दा बढीकोे सहभागीता रहेको थियो ।
    कार्यक्रममा अवधी साँस्कृतिक समाज कपिलवस्तुका अध्यक्ष बैरागी कविले नारी सशक्तिकरण शीर्षक कविता सुनाएका थिए भने प्रस्तुत गर्नुभएको थियो भने रुद्रपुर स्थानीय कलाकार हिपहप रयाप गायक दिपक कहारले महिलाको हिंसाका घटनालाई जोड दिदैं गीत प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रम संचालन करन बरुनले गर्नु भएको थियो चरण
    रुपन्देही जिल्लामा महिला अधिकार महिला सशक्तिकरण जोड्दै अगाडि बढाउने दस महिलाहरु उत्कृष्ट नेतृत्व आवार्ड २०२४ प्रदान गरिएको थियो । भने विभिन्न सहयोग गर्ने संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.