logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीखबर पत्रिकाले आफ्ना कर्मचारीलाई पेन्सन दिने


    १७ असोज २०८१ , बिहिबार

    लुम्बिनीखबर पत्रिकाले आफ्ना कर्मचारीलाई पेन्सन दिने

    रमा पन्थी/लुम्बिनीखबर 
    भैरहवा, १७ असोज । मोफसलको लोकप्रिय पत्रिका लुम्बिनीखबर पत्रिकाले आफ्ना कर्मचारीलाई अब पेन्सन दिने भएको छ । आर्थिक बर्ष २०८१÷०८२ बाट पत्रिकामा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीलाई योगदानमा आधारित पेन्सन दिने भएको हो ।
    नेपाल सरकारको मापदण्ड अनुसार आफ्ना कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउदै आएको यो पत्रिकाले विगतका बर्ष देखि सञ्चय कोषको व्यवस्था गर्दै आएको थियो । यो आर्थिक बर्षबाट भने सामाजिक सुरक्षाकोष मार्फत पेन्सन तथा अन्य सुविधा प्रदान गर्न शुरु गरिएको संस्थाका अध्यक्ष गोकुल पोखरेलले जानकारी दिनुभयो ।
    समिक्षात्मक तथा खोजमुलक समाचार मार्फत समाजको रुपान्तरणमा भुमिका खेल्दै आएको यो पत्रिकामा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीहरुको योगदानलाई मुल्याङ्कन गर्दै सामाजिक सुरक्षाकोष मार्फत विभिन्न सेवा सुविधा प्रदान गर्न शुरु गरिएको संस्थाका प्रवन्ध निर्देशक श्री रायमाझीले बताउनुभयो ।
    यो सुविधामा जानका लागि संस्थाले नेपाल सरकारले तोकेको तलव तथा सेवा सुविधा उपलव्ध गराउनु पर्ने नियम छ । लुम्बिनीखबरले कर्मचारीको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गर्ने र कर्मचारीले पाउने तलवमा २० प्रतिशत संस्थाले थप गरि कुल ३१ प्रतिशत रकम सामाजिक सुरक्षाकोषमा जम्मा गर्न शुरु गरेको संस्थाका प्रवन्ध निर्देशक रायमाझीले जानकारी दिनुभयो ।
    सामाजिक सुरक्षाकोषमा जोडिए संगै अब लुम्बिनीखबर पत्रिकामा कार्यरत कर्मचारीहरुले पेन्सन लगायत, दुर्घटनाको उपचार, व्यवसायीजन्य रोगको उपचार कोषको तर्फबाट निःशुल्क प्राप्त गर्ने छ । यी सुविधाका साथसाथै कार्यक्षेत्रमा काम गर्दागर्दै दुर्घटना तथा कुनै दिर्घ रोगबाट काम गर्न असक्षमता भए आफ्नो तलबको ६० प्रतिशत रकम पाउने व्यवस्था रहेको छ । साथै बार्षिक १ लाख रुपैया सम्मको उपचार सुविधा र दिर्घ रोग लागे १० लाख सम्मको उपचार खर्च समेत कोषमा आवद्ध कर्मचारीले प्राप्त गर्ने छन् । १५ बर्ष सामाजिक सुरक्षाकोषमा रकम जम्मा गर्ने कर्मचारीले ५८ बर्ष पछि पेन्सन सुविधा प्राप्त गर्ने सामाजिक सुरक्षाकोषको योजना संचालन कार्यविधिमा व्याख्या गरिएको छ ।
    यसबाहेक कर्मचारीको मृत्यु भएमा (पति भए पत्नी र पत्नी भए पति वा बुवाआमा) ले जिवनकाल सम्म पेन्सन पाउने छन् । आश्रित परिवारमा रहेका दुई जना छोराछोरीलाई पढाई खर्च समेत सामाजिक सुरक्षाकोषले प्रदान गर्ने व्यवस्था रहेको सामाजिक सुरक्षाकोष बुटवलका प्रमुख खिम कार्कीले जानाकारी दिनुभयो ।
    कर्मचारी तथा कार्यक्षेत्रमा जोखिमयुक्त काम गर्ने सञ्चारकर्मीको मनोबल उच्च राख्न र जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा कोषमा प्रवेष गरिएको पत्रिकाका सम्पादक कमल रायमाझीले बताउनुभयो ।
    लुम्बिनीखबर सञ्चारगृह प्रा.लि. मार्फत सञ्चालित लुम्बिनीखबर पत्रिका विगत १४ बर्ष देखि नियमित सञ्चालनमा रहेको छ । यो संस्थामा हाल जम्मा १७ जना कर्मचारी र पत्रकार कार्यरत रहेका छन् ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.