logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    प्रहरी निरिक्षक घिमिरे पुरस्कृत


    १ कार्तिक २०८१ , बिहिबार

    प्रहरी निरिक्षक घिमिरे पुरस्कृत

    भैरहवा, १ कार्तिक । नेपाल प्रहरीको ६९औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे पुरस्कृत हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मातहतबाट पुरस्कृत हुने उहाँ एकमात्र प्रहरी अधिकृत हुनुहुन्छ ।
    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी दिवसको अवसरमा प्रहरी निरीक्षक घिमिरेलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो ।

    लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा भएको विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा प्रहरी निरिक्षक घिमिरे पुरस्कृत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले शान्ति सुरक्षा तथा चोरी, तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेवापत प्रहरी निरिक्षक घिमिरेलाई पुरस्कृत गरिएको बताउनुभयो ।

    घिमिरेले आफू तथा मातहतका प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्थानीय सरकारसंगको कुशल सहकार्य गर्नमा सफल भएकोमा पुरस्कृत गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । रुपन्देहीको पूर्व दक्षिण क्षेत्रको सुरक्षा जिम्मेवारीको नेतृत्व गरिरहनुभएका घिमिरेले लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको चोरी, तस्करी तथा सीमा अपराध नियन्त्रण गर्नमा स्थानीय जनसमुदायसंग सहकार्य गरेर काम गरेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

    जिल्लामा प्रहरी ब्याटनको तयारी राम्रो गरेको तथा स्थानीय जनसमुदायसंग सहकार्यमा उत्कृष्ट कार्यसम्पादन गरेका कारण प्रहरी निरिक्षक घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि तथा समाजसेवी र राजनीतिक दलहरुसंगको सहकार्यमा संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गरेको रोहिणी गाउँपालिकाले जनाएको छ ।

    रोहिणी क्षेत्रको शान्ति सुरक्षा कायम राख्न तथा स्थानीय जनप्रतिनिधिहरुसंग समन्वय, न्याय सम्पादनमा सहकार्य, सामाजिक सचेतना मूलक कार्यक्रममा सहयोग र सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका प्रहरी निरिक्षक घिमिरेको रहेको रोहिणी गाउँपालिकाका प्रवक्ता बीर बहादुर क्षेत्रीले बताउनुभयो । प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका विभिन्न जिल्लाबाट एक जना प्रहरी उपरीक्षक, १ जना प्रहरी नायब उपरीक्षक, ५ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, ९ प्रहरी हवल्दार र ५जना प्रहरी जवान पुरस्कृत भएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.