पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २५ कार्तिक। रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नं ५ गौरी सतियामाई मन्दिरमा लाग्ने धार्मिक मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
हरिवोधानि एकादशी कार्तिक २७ गते देखि रामलिला मञ्चन कार्यक्रम शुभारम्भ हुने मेला व्यवस्थापन सांस्कृतिक समितिले जनाएको छ।
यो सतियामाई स्थानमा लाग्ने धार्मिक मेलाको महत्व र गरिमा महिमाको छुट्टै कहानी रहेको छ। यो धार्मिक मेलामा नेपाल र भारतबाट समेत श्रद्धालु भक्तजनहरूको आगमन हुन्छ। कार्तिक पूर्णिमाको दिन मुन्डन संस्कार कथा र रोहिणी नदीमा स्नान गरी गौदान दान दक्षिणा गरी सतियामाई मन्दिरमा पूजा अर्चना आरती गर्ने गरिन्छ श्रद्धालुहरूको भाकल पुरा हुने विश्वास रहेको मन्दिरका पुजारी ले जानकारी दिएका थिए।
सतियामाई मन्दिरमा लाग्ने धार्मिक मेला धार्मिक रामलिला सांस्कृतिक यही कार्तिकको २७ गते साँझ कार्यक्रमको शुभारम्भ हुनेछ यही कार्तिक ३० गते मेला लाग्ने तराई मधेसका लोकप्रिय कुस्ती दङ्गल मंसिर १ गते सञ्चालन हुनेछ।
मेलाको तयारी पूरा भएको छ । यो कार्यक्रम र व्यवस्था हामी तपाईं सबैको भएको हुँदा हामी सबै स्थानीयबासीहरूको साथ र सहयोगको अपेक्षा सहित वडा नम्बर ५ का वडा अध्यक्ष गाउँपालिकाका प्रवक्ता मदन पोखरेलले आग्रह गरेका थिए।
सतियामाई मन्दिरको विकास र विस्तारमा र यही कार्तिक पूर्णिमाको लाग्ने मेला समेतमा सबैको साथ र सहयोगको आवश्यक रहेको मेला व्यवस्थापन समिति अध्यक्ष केशवप्रसाद यादवले सबैमा आग्रह गरेका थिए।