logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    बेलायतमा थेरेसा प्रधानमन्त्री बन्ने


    २८ असार २०७३ , मंगलबार

    बेलायतमा थेरेसा प्रधानमन्त्री बन्ने

    लन्डन (एजेन्सी) कन्जरभेटिभ पार्टीकी नेत्री थेरेसा मे बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा रहेकी कन्जरभेटिभ पार्टीकी अर्की नेत्री आन्द्रेई लिडसमले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
    अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार नयाँ प्रधानमन्त्रीका रूपमा थेरेसाले बुधबार पदभार ग्रहण गर्ने्छिन् । वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले बुधबारै राजीनामा दिने बीबीसीले जनाएको छ । मार्गरेट थ्याचरपछि थेरेसा बेलायतको दोस्रो महिला प्रधानमन्त्री बन्न लागेकी हुन् ।
    ५९ वर्षीया थेरेसा क्यामरुन सरकारकी गृहमन्त्री छिन् । गत जुन २३ मा भएको जनमतसंग्रहमा ५२ प्रतिशत बेलायती नागरिकले ईयूबाट बाहिरिने पक्षमा मत दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री क्यामरुनले पदबाट राजीनामाको घोषणा गरेका थिए ।
    त्यसपछि उक्त पदका लागि बेलायती कन्जरभेटिभ पार्टीका दुई नेत्री थेरेसा र आन्द्रेईले उम्मेदवारी घोषणा गरेका थिए । आगामी सेप्टेम्बर ९ भित्र कन्जरभेटिभ पार्टी्भित्र मतदान हुने र नयाँ नेतृत्व चुन्ने भनिएको थियो । तर आन्दे्रईले उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
    बर्मिङ्घममा पत्रकारसँग कुरा गर्दै थेरेसाले प्रधानमन्त्रीका रूपमा आफूले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन सुनिश्चित गर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.