logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पिस पोस्टर प्रतियोगितामा पश्चिमाञ्चलका प्रवेज प्रथम


    ८ मंसिर २०८१ , शनिबार

    पिस पोस्टर प्रतियोगितामा पश्चिमाञ्चलका प्रवेज प्रथम

    भैरहवा, कार्तिक ७। लायन्स क्लब अफ भैरहवा वेस्टको आयोजनामा पिस पोस्टर प्रतियोगिता २०२४/२५ सफलतापूर्वक सम्पन्न भएको छ । कला र सिर्जनात्मकताको माध्यमबाट शान्तिको सन्देश फैलाउने उद्देश्यले लायन्स क्लब अफ इन्टरनेशलनको विधा अनुसार आयोजना गरिएको यो प्रतियोगिता होटल पौवा, भैरहवामा कार्तिक ७ गते सम्पन्न भएको हो ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पश्चिमाञ्चल इङ्गलिस सेकेन्डरी स्कुलका प्रवेज खानले प्रथम स्थान हासिल गरे । त्यस्तै द्वितीय स्थानमा काशी नोबल एकेडेमीका रुचिका श्रेष्ठले प्राप्त गरिन् भने तृतीय स्थान काशी नोबल एकेडेमीकै रोनिक कार्कीले हात पारे । विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको क्लकका संस्थापक अध्यक्ष लायन संजय सिंह के.सी. जानकारी दिनु भयो ।

    कार्यक्रममा विभिन्न विद्यालयका छात्र–छात्राहरूले सहभागिता जनाएका थिए । सहभागी विद्यालयहरूमा काशी नोबल एकेडेमी, श्री रुपन्देही लिलाराम न्यौपाने मावि, बुद्ध ज्योति मावि, र पश्चिमाञ्चल इङ्गलिस सेकेन्डरी स्कुल समावेश थिए । प्रतियोगिताका निर्णायक मण्डलमा नेपाल कमर्शियल आर्टिष्ट संघका सचिव बिशन गुरुङ र सहसचिव आकाश चौधरी रहेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका डिसास्टर रेस्क्यु चिफ एक्सटेन्सन चेयरपर्सन पि. एम.जे.एफ. लायन मिना पन्थी, विशिष्ट अतिथिहरूमा एरिया कोचिफ लायन राजेन्द्र थापा, कलस्टर चिफ एम.जे.एफ. दुर्गा शर्मा आचार्य, र जोन चेयरपर्सन लायन अरुण पन्थी, विद्यालयका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

    योजक समिर पौडेलको योजनाले कार्यक्रमलाई सुव्यवस्थित बनाएको थियो । स्वागत मन्तव्य जोन चेयरपर्सन लायन अरुण पन्थीले दिएका थिए । पिस पोस्टर प्रतियोगिताले बालबालिकामा सिर्जनात्मकता, शान्तिका प्रतीकहरू र सामाजिक सद्भावको महत्वलाई प्रवद्र्धन गरेको आयोजकले बताए ।

    यस प्रतियोगिताले आगामी दिनहरूमा पनि बालबालिकाका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने आशा गरिएको छ । कार्यक्रममा सहभागी, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सबैले यस्तो उत्कृष्ट पहलको सराहना गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.