logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    नवलपरासीमा मानव अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्नः रक्षक नै भक्षक भएको आरोप


    २३ मंसिर २०८१ , आइतबार

    नवलपरासीमा मानव अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्नः रक्षक नै भक्षक भएको आरोप

    नवलपरासी, २३ मंसिर । ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बुटवलको आयोजना तथा मानव अधिकार सञ्जाल नवलपरासीको समन्वयमा रामग्राम नगरपालिकाको सभाहलमा “हाम्रो अधिकार, हाम्रो भविष्य अहिले” भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार रक्षकहरूकै भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै उनीहरू भक्षक बनेको आरोप लगाइएको छ ।

    कार्यक्रमको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले गरेका थिए भने रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव प्रमुख अतिथिकोरूपमा उपस्थित थिए । सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, र स्वच्छ हावा लगायतका मानव अधिकार सुनिश्चित गर्न राज्यले ध्यान नदिएको गुनासो गरेका छन् ।

    कार्यक्रममा सहभागीहरूले सरकारी विद्यालयहरूले विभिन्न शुल्क असुली गरी निःशुल्क शिक्षासम्बन्धी मानव अधिकार हनन् गरेको आरोप लगाए । यसैगरी, नागरिकले स्वास्थ्य, स्वच्छ खानेपानी र स्वच्छ हावामा बाँच्न पाउने अधिकार पनि लुम्बिनी प्रदेशका उद्योगहरूले हनन् गरेको र यसबारेमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र स्थानीय सरकार मौन बसेको गुनासो गरिएको छ ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले मानव अधिकार सुनिश्चित गर्न रामग्राम नगरपालिकाले गम्भीर चासो देखाएको दाबी गरे । उनले आफ्ना मातहतका सबै निकायलाई प्रभावकारी सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको र कानुनी अड्चनका कारण केही काम पूरा गर्न नसकेको स्पष्ट गरे ।

    कार्यक्रममा उपप्रमुख सम्झना चौधरी, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, रेडक्रस नवलपरासी शाखा अध्यक्ष राजेन्द्र अग्रहरी, युवा अभियन्ता रवि पाण्डे, उपभोक्ता हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष सरस्वती शर्मा, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, एमनेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीका सहसंयोजक एवम् पत्रकार उमेश बि.क लगायतले मानव अधिकार उल्लङ्घनका विविध पक्षमा धारणा राखेका थिए ।

    कार्यक्रमले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा देखिएको कमजोरीलाई उजागर गर्दै सम्बन्धित निकायहरूलाई आफ्नो जिम्मेवारीबोध गर्न दबाब दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.