logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सरकारले गर्यो भारतीयहरुको नेपाली नागरिकता खारेज


    १ साउन २०७३ , शनिबार

    सरकारले गर्यो भारतीयहरुको नेपाली नागरिकता खारेज

    नागरिकता दिनेमाथि छानविन गरिने

    काठमाडौं, असार । सरकारले चार जना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ ।
    नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण दिई नेपाली नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता खारेज गरेको हो ।
    उनीहरुले बाँके जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए । बैठकले उनीहरुलाई नागरिकता दिनेमाथि छानविन गरी कारवाही गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
    समर्थन फिर्ता लिएर नेकपा माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेका बेला ओली सरकारले भारतीयको नागरिकता खारेज गर्दै विभिन्न निर्णयहरु समेत गरेको छ ।
    यसअघि पनि ओली सरकारले धेरै भारतीयको नागरिकता खारेज गरिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.