भैरहवा, मङ्सिर २६ । आईसीएफसी फाइनान्स लिमिटेडको बुटवल शाखाले मङ्सिर २६ गते ज्ञानोदय माध्यमिक विद्यालय, पुलचोक, बुटवलमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री टिकाराम शर्मा पौडेल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विद्यालयकी शिक्षिका सुश्री सरस्वती पौडेल विशेष अतिथिकारूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता आईसीएफसी फाइनान्स लिमिटेड बुटवल शाखाका प्रबन्धक श्री बिशाल बस्नेतले गर्नुभएको थियो । सञ्चालनको जिम्मेवारी श्री निरज प्रसाद पन्तले सम्हाल्नुभएको थियो भने सहजीकरण श्री बिकाश ज्ञवालीले गर्नुभएको थियो ।
कार्यक्रममा आईसीएफसी फाइनान्सका कर्मचारीहरू प्रवीणा पाठक, सञ्जीव ज्ञवाली, सन्तोष एम.सी., र सुवर्ण ढकालले सक्रिय रूपमा सहभागिता जनाउनुभएको थियो । ७८ भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको यो कार्यक्रमले वित्तीय साक्षरता, बचतको महत्व, सही वित्तीय निर्णयको आवश्यकता, र बैंकिङ प्रणालीबारे ज्ञान प्रदान गरेको छ ।
कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि र सहभागीहरूले यस्तो प्रकारका कार्यक्रमले विद्यार्थीहरूको वित्तीय चेतना अभिवृद्धि गर्दै आर्थिकरूपमा सचेत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
आईसीएफसी फाइनान्स लिमिटेडले आयोजना गरेको यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई दिगो वित्तीय व्यवस्थापन र निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।