रुबिना थापा। लुम्बिनीखबर
मायादेवी, ३ पुस । लियो क्लब अफ सिद्धार्थनगर बोहेमियन्सले ब्रेष्ट क्यान्स सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । क्लबले शनिबार एक कार्यक्रम आयोजना गरी क्यान्सर सम्बन्धी सचेतनामूक कार्यक्रम गरेको लियो क्लब अफ सिद्धार्थनगरकी अध्यक्ष सृजना कुँवर क्षेत्रीले बताउनुभयो ।

यो महिलाहरुको लागि विशेष स्वास्थ्यसँग रहेर गरिएको कार्यक्रम रहेको थियो । कार्यक्रममा डा. संजय पाण्डेयले महिलाहरुलाई ब्रेष्ट क्यान्सर सम्बन्धी प्रारम्भिक चरणबारे महत्वपूर्ण ज्ञान सम्बन्धी कुराहरुको जानकारी गराउनु भएको थियो ।

क्यान्सर त्यसै पनि जटिल रोग भएकोले स्वास्थ्य सम्बन्धी विशेष ख्याल गर्नु पर्ने डा. संजय पाण्डेले सचेतनामूलक कार्यक्रम मार्फत बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि क्यान्सर रोग विशेषज्ञ डा. संजय पाण्डे, विशिष्ट अतिथि मायादेवी गाउँपालिका वडा नं.–८ का वडा अध्यक्ष चोक बहादुर थापा, प्रमुख अतिथि जिल्ला अध्यक्ष शारदा कुँवर क्षेत्री, अतिथि लायन्स इन्टरनेशनल ३२५ पी एरिया ५ एरिया सेक्रेटरी कृतेश कुमार श्रेष्ठ, लियो डिस्ट्रिक काउन्सिल ३२५ पी डिस्ट्रिक सेक्रेटरी सुमन पौडेल, एरिया चिफ मनिष ढकाल रहेको थियो । कार्यक्रमका संयोजक सुजता नेपाल हुनुथ्यो भने कार्यक्रम ८० जना भन्दा बढी मानिसहरु सहभागी रहेको थियो ।