लुम्बिनीखबर
सिद्धार्थनगर, ६ पुस । स्कील सेवा प्रा.लि, बुटवल शाखाले एक कार्यक्रमको आयोजना गरी घर निर्माण पुस्कतक विमोचन गरेको छ ।
स्कील सेवा कार्यालयले विगत ६ वर्षदेखि काठ्माडौंबाट सुरुवात गरी हाल देशको विभिन्न ठाउँमा शाखा विस्तार गरी सेवा दिदै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा घरको डाक्टर रमेश तिमिल्सनाले यो संस्था स्थापना कालदेखि निरन्तर नेपाल अधिराज्यमा दक्ष जनशक्तिद्वारा घर निर्माण, परामर्श र व्यवस्थापन सम्बन्धीका सेवाहरु निरन्तर दिदै आइरहेको बताए ।
घरको डाक्टर तिमिल्सनाले भने,–ग्राहकको आवश्यकता अनुसार आफूहरुले न्यून लागतमा गुणस्तरीय प्राविधियुक्त घर निर्माण गर्दै आएका छौं । जग खन्नेदेखि लिएर घर बन्ने सम्मको काम गरी नेपालका विभिन्न ठाउँमा गरेका छौं । सयौं घरहरु निर्माण कार्य पूर्णरुपमा सकेकोे छ भने अरु घर निर्माण प्रक्रियाको विभिन्न चरणमा रहेको छन् ।
नेपालको कुनै पनि ठाउँमा घर निर्माणको जिम्मेवारी लिइसकेपछि घर मालिकलाई सुरुवातदेखि लिएर सम्पूर्ण कामहरुलाई सि.सि.क्यामरा मार्फत विश्वको जुनसुकै ठाउँबाट हेर्न र बुझ्न सक्ने सुविधा समेत दिएको घरको डाक्टर तिमिल्सनाल बताए ।
कार्यक्रमका संयोजक तथा बुटवल शाखाका प्रबन्ध निर्देशक दीक्षित के.सी का अनुसार सेवा कार्यालय, बुटवलबाट ३ वर्षदेखि सेवा दिर्दै आएका छौं । हालसम्म १५ घरहरु पूर्ण अवस्थामा तयार भएका छन् भने अरु तयारीको विभिन्न चरणमा छन् । उनले भने,– नेपालीहरु भारत तथा तेस्रो विकसित सुविधा सम्पन्न घरमा बसेको हुँदा नेपालमा त्यस्तै किसिमको सुविधा सम्पन्न घर बनाउने सपना साकार गर्नका लागि सुरु गरेका छौं । यदि कसैले आफै निर्माण गर्न इच्छुक छ भने घर गाइड लाइन, घर निर्माण पुस्तकको सहयोगबाट गर्न सक्ने सक्छ ।
पुस्तक विमोचनको उद्देश्य मजदुर, डकर्मी, इन्जिनीयर, घर बनाउन चाहने व्यक्तिका लागि मार्गदर्शक, घर निर्माणको सम्पूर्ण प्रक्रिया, सही जग्गाको छनोट कसरी गर्ने, बस्तु अनुसारको जग्गा र घर परामर्श र मापदण्ड अनुसारको घर निर्माण गर्ने प्रक्रिया समेत उल्लेख रहेको बताए ।
त्यसको आधारमा कुनै पनि व्यक्ति आफै विभिन्न मापदण्डहरु बुझि सोही अनुसारको गुणस्तरीय घर निर्माण गर्नु सक्ने उनको दावी छ ।
कार्यक्रममा बुटवल शाखाका ३ जना इन्जिनीयर खेम नारायण चौधरी, बुद्धिराज र गीता पुन लाई अवार्डका साथै नगद सहित सम्मान गरिएको थियो भने विभिन्न शाखाका प्रमुख, कर्मचारी, ग्राहकको उपस्थिति रहेको थियो ।
संचालन सफल प्रधानले गरेका थिए भने स्वागत मन्तव्य चितवन शाखाका प्रबन्ध निर्देशक सौगात तिवारीले गरेका थिए ।