logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    नेविसंघद्वारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत


    १५ पौस २०८१ , सोमबार

    नेविसंघद्वारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

    लुम्बिनीखबर

    भैरहवा,  पुस । भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर नगरपालिका–१२ स्थित नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । ने

    पाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

    कार्यक्रममा  नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विद्यार्थीहरु भविष्यका कर्णधार रहेको उल्लेख गर्दै अध्ययनलाई प्राथमिकतामा राख्दै सामाजिक क्षेत्रमा समेत क्रियाशील हुन आग्रह गरे ।

     संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले विद्यार्थीहरुले अध्ययनलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरे ।

    प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिए । इकाई सभापति नवराज अर्यालको सभापतित्व तथा अमर बादशाहको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सचिव तथा पूर्व केन्द्रिय सदस्य लेखनाथ भट्टराई, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सागर न्यौपाने लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.