logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा माथि छलफल


    १६ पौस २०८१ , मंगलबार

    खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा माथि छलफल

     राकेश कोहार । लुम्बिनीखबर
    भैरहवा, १६ पुस । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमन्डौँले खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा सम्वन्धी सरोकारवाला संग अन्तरक्रिया गरेको छ ।
    पुस १२ गते भैरहवामा सम्पन्न भएको अन्तरक्रिया गोष्ठीमा खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा माथी छलफल गरिएको थियो ।
    गोष्ठीका अध्यक्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशक संजीव कुमार कर्णले विभिन्न खाद्य सम्वन्धी ऐनको मस्यौदा प्रस्तु गर्नुभएको थियो । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले जनमुखी कानुन निर्माणमा सहजीकरण गर्नका लागि खाद्य विभागलाई आग्रह गनुभयो ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलवाईले कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनता सचेत र सहज हुन सके कानुन कार्यान्वयनमा सहजीकरण गर्न सकिने बताए ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिम प्रसाद पुलामीले खाद्य स्वच्छता तथा गुण नियन्त्रण ऐन २०८१को बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा प्रस्तुत गर्दै छलफललाई सहजीकरण गर्नुभयो ।
    गोष्ठिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण प्रसाद राईले कार्यक्रमलाई फलदायीक बनाउनका लागि भुमिका खेल्न भैरहवावासीलार्य आग्रह गर्नुभयो ।
    कार्यक्रममा चारवटा समुह विभाजन गरि छलफल गरिएको थियो । जसको समन्वय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरु प्रतिमा श्रेष्ठ, भिम प्रसाद पुलामी, सुमन धिताल, कृष्ण प्रसाद राई मोहन महर्जनले सहजीकरण गर्नुभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सुचना शाखाले जानकारी दिएको छ ।
    यो गोष्ठीले खाद्य स्वच्छता तथा गुण नियन्त्रण ऐन २०८१ निर्माणमा सहज पुराउने अपेक्षा गरिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.