logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ज्योतिष परिषद्को स्थापना दिवसको अवसरमा रूपन्देही जिल्लाले गर्यो न्यानो कपडा वितरण


    २५ पौस २०८१ , बिहिबार

    ज्योतिष परिषद्को स्थापना दिवसको अवसरमा रूपन्देही जिल्लाले गर्यो न्यानो कपडा वितरण

    लुम्बिनीखबर
    तिलोत्तमा, २५ पुस । नेपाल ज्योतिष परिषद् को २७ औँ स्थापना दिवस पारेर बुधबार रूपन्देही जिल्लाकार्यसमितिले तिलोत्तमा(७ भलबारीमारहेको प्रभात आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।
    परिषद्का जिल्ला अध्यक्ष चक्रपाणी डुम्रेको संयोजकत्वमा विद्यालयमा अध्ययनरत का विद्यार्थीलाई विद्यालयको सहयोगमा जाडोका टोपी,मोजा लगायतका कपडाहरू वितरण गरिएको थियो।
    सो अवसरमा जिल्ला उपाध्यक्षहरू त्रिभुवन न्यौपाने, नारायण पौडेल ,सचिव रामकृष्ण चापागाईं, कोषाध्यक्ष अर्जुन भुसाल सदस्य गणेश मरासिनीलगायतको पदाधिकारीहरू उपस्थिति रहेको थियो। परिषदका वरिष्ठ उपाध्यक्ष त्रिभुवन न्यौपानेले विद्यार्थीहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण समेत दिनुभएको थियो।


    विद्यालयकी सञ्चालक समिति सदस्य सरु भट्टराईले विद्यालयलाई परिषद जस्तै धेरै संस्थाहरूले सहयोग गर्दै आएको बताउनुभएको थियो।
    विद्यालयकी प्रधानाध्यापक रितादेवी ज्ञवालीले परिषद्ले गरेकोकार्यको प्रशंसा गर्दै खुसी व्यक्त गर्नुभएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.