logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    देवघाटमा मकर संक्रान्तिको अवसरमा बुलेटबाबाद्वारा विशेष भण्डाराको आयोजना


    २९ पौस २०८१ , सोमबार

    देवघाटमा मकर संक्रान्तिको अवसरमा बुलेटबाबाद्वारा विशेष भण्डाराको आयोजना

    रमा पन्थी । लुम्बिनीखबर

    भैरहवा, पुस २९ । गत वर्षझैं यसपालि पनि माघे संक्रान्तिको पवित्र अवसरमा देवघाटमा षड़दर्शन विश्व अखडा परिषद्का प्रमुख प्रभारी बुलेटबाबाद्वारा विशेष भण्डाराको आयोजना गरिने भएको छ। श्री त्रिशूली गंगा र शालिग्राम गंगा गण्डकीको सङ्गमस्थल हरिहर क्षेत्र देवघाट स्नान गर्न आउने भक्तजनहरूका लागि निस्शुल्क भोजन प्रसादको व्यवस्था गरिएको छ। एस्तो कार्यक्रम बिगतका बर्षहरु देखि लगातार बुलेटबाबाले गर्दै आइरहेका छ्न ।
    यो विशेष कार्यक्रम श्री रामायण भजन समितिको व्यवस्थापनमा श्री स्वस्थानी माता मन्दिर, हरिहर क्षेत्र, देवघाट धाममा माघ १ गते बिहान ८ बजेदेखि सुरु हुनेछ।

    यस अवसरमा भक्तजनहरूले पवित्र स्नान गरी भजन, कीर्तनमा सहभागी हुनसक्नेछन्। आयोजक नारायण दास नागा ९बुलेटबाबा०ले सबै श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धर्म लाभ संगै भोजन ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गरेका छन्।

    बुलेटबाबा आध्यात्मिक क्षेत्रमा परिचित एक चर्चित व्यक्तित्व हुन्, जो भारतको मथुरा वृन्दावनमा रहँदै धार्मिक सेवा र सहयोगमा सक्रिय छन्। मूलतस् नेपालको अर्घाखाँची जिल्ला को पाणिनी ७ पन्थी परिवार मा जन्मेका उनले नेपाल र भारतका हजारौं भक्तजन र विद्यार्थीसँग आत्मीय सम्बन्ध कायम गर्दै धार्मिक सद्भाव फैलाउँदै आएका छन्। उनी मिठो स्वरका धनी मात्र नभई आफ्नो सेवाभावका कारण नेपाल र भारतमा सम्मानित व्यक्तित्वका रूपमा स्थापित छन्।

    कार्यक्रमको को बारेमा आयोजकले विशेष धार्मिक वातावरणमा श्रद्धालुहरूलाई सम्मानपूर्वक स्वागत गरी भोजन प्रसाद ग्रहणको व्यवस्था रहेको जानकारी दिएका छन् 

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.