ट्राफिक व्यवस्थापन जसलाई अङ्ग्रेजीमा ट्राफिक म्यानेजमेन्ट सिस्टम भनेर संसारभर बुझिन्छ। जुन अत्यन्तै जटिल छ विशेष गरेर ठूला एवं विकसित हुँदै गरेका सहरहरुमा यसलाई व्यवस्थित गर्न धेरै प्राविधिहरूको प्रयोग गरिन्छ। सडक सञ्जाल र बढ्दो सवारी साधनहरूको दबले गर्दा पहिले बनाइएका सडकहरु सवारी साधनको चापले गर्दा थेग्न सक्ने अवस्थामा छैनं।
यस्ता चाप र अव्यवस्थालाई सही तरिकाले व्यवस्थापन गरी दुर्घटनालाई न्यूनीकरण गर्ने सकिन्छ। सवारी व्यवस्थापनको मूल उद्देश्य भन्नु नै यातायातका साधनहरूको सुरक्षित भरपर्दो रकम चाप सवारी साधनको गराउनु नै हो भन्दा अति संयोक्ति नहोला छोटो दूरीमा चल्ने सवारी साधनहरूको उचित व्यवस्थापन भए भने यसले नागरिकहरूको जीवनमा जोखिम निम्त्याउँछ।
अब यसतर्फ पनि विचार गरौं। कसरी सवारी व्यवस्थापनलाई उचित तरिकाले लैजान सकिएला त रु यो प्रश्न पनि गहन छ। सबैभन्दा पहिले धेरै सवारी साधन गुड्ने ठाउँहरूमा दुरुस्त अवस्थामा सवारी साधनलाई नियन्त्रण गर्ने ट्राफिक लाइटहरू हुनैपर्छ। सवारी साधनको गतिलाई नियन्त्रण गर्ने वैज्ञानिक उपकरणहरू सूचनाहरू हुन जरुरी छ। सही तरिकाले सवारी नियन्त्रण, नियमन तथा अनुगमन हुने आवश्यक छ।
सवारी साधन व्यवस्थापन प्रक्रियाहरूमा सडक प्रयोग गर्ने सबैका लागि सुरक्षित एवं भरपर्दो आगमन गराउनु हो, यस अन्तर्गत साइकल, मोटरसाइकल, पैदल यात्री र गाडीहरू पर्दछन्। गाडीको बेग नियन्त्रण विधिहरू अपनाइन सकिन्छ। सवारी साधनको बढोत्तरी हुँदा यसको व्यवस्थापन चुस्त दुरुस्त तरिकाले वातावरणीय क्षतिलाई न्यूनीकरण गर्दै लानु आजको आवश्यकता हो। ट्राफिक ९सवारी० व्यवस्थापनका मुख्य दुईवटा कार्यहरू छन्। योजनारनिर्माण एवं श्रोताहरूको संकलन एवं कार्य अनुगमन, व्यवस्थापन र नियन्त्रण, तथ्याङ्क सङ्कलन भण्डारण एवं प्राप्त तथ्याङ्कहरूको विश्लेषण गरी सुधार गरिएका नतिजाहरूलाई लागू गर्नु ।
सिद्धार्थनगर नगरपालिकाभित्र सवारी साधनहरूको चाप दिन प्र
तिदिन बढिरहेको छ। सिद्धार्थ नगर नगरपालिका बासीहरू को ट्राफिक अव्यवस्था देखेर छक्क परेका छन् जननिर्वाचित प्रतिनिधिहरूको यस बारे चियो र चासो देखिँदैन। सवारी साधनहरूको वरिपरि काम गर्न, हिँड्ने अत्यन्तै खतरापूर्ण रहेको देखिन्छ।
हामीहरूले ट्राफिक व्यवस्थापन योजना निर्माण गरी मानिस, सवारी साधन, साइकल सवारहरूलाई सहज रूपले निकास दिन सकिरहेका छैनौँ। ट्राफिक व्यवस्थापनद्वारा माथि उल्लेखित समस्याहरूलाई न्यूनीकरण गर्न अवश्य सकिन्छ । ट्राफिक व्यवस्थापनमा सवारी साधनहरूका प्रकार एवं पहिचान गरी यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर योजना निर्माण गर्न सकिन्छ। सवारी साधनको जता पायो त्यति गुड्ने गर्दा धेरै जोखिमहरू हुन सक्छ। सवारी साधनको निर्वाद आवागमनको लागि सहरी क्षेत्र भित्र उछिन्ने प्रवृत्तिलाई निरुत्साही गर्ने पर्दछ ।
सिद्धार्थनगर नगरपालिकाको सबैभन्दा ठूलो समस्या भएका ठाउँहरू बुद्धचोक, देवकोटा चोक, मिलनचोक, विद्रोही चोक आदि छन् यी चोकहरूमा ट्राफिक छन् सिस्टम छैन। बुद्धचोकमा सातवटा बाटो एकै ठाउँमा जम्का भेट हुन्छन् त्यहाँ ट्राफिक लाइट भनेको नक्कली सुनको गाना झैँ छ। कहिले चम्कन्छ, कहिले झ्यापझ्याप गर्छ। यस्तो हालत सिद्धार्थनगर नगरपालिकाका प्रत्येक चोकहरूमा छ। यो समस्यालाई तत्काल निराकरण गर्न बृहत ट्राफिक व्यवस्थापनको खाँचो छ।