अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ६ पर्साबाट महिलवार जाने क्रममा दुर्घटनामा गम्भीर घाइते भएको छन् । लुम्बिनी विकास कोषको गेट नम्बर ३ अगाडि कार र मोटरसाईकल एकआपसमा ठोक्किंदा दुर्घटना भएको हो । घाइते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.–२ लम्तिहवाबासी हुन् । लुम्बिनीदेखि पर्सा जाने क्रममा तीनै जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । लु १८ प ६२७५ नम्बरको मोटरसाइकलमा, सवार ४ जना बा ८ च २४४ कारमा ठोक्किंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीले बताउनु भयो ।
घाइते भएका तीन जना मध्ये २ जना गम्भीर घाइते भएका छन्, भने एकजनालाई सामान्य चोटपटक छ । उपचार भैरहवा स्थित सिटी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कर्यालय लुम्बिनीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।