logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    कृष्णनगर नपा ३ मा जेष्ठ नागरिक सम्मान तथा कम्बल वितरण


    २९ माघ २०८१ , मंगलबार

    कृष्णनगर नपा ३ मा जेष्ठ नागरिक सम्मान तथा कम्बल वितरण

    शहबाज खान। लुम्बिनीखबर
    कपिलवस्तु , २९ माघ । ठन्डी मौसममा असहाय विपन्न व्यक्तिहरूका अनुहारमा हाँसो ल्याउनका लागि कृष्णानगरनगर नगरपालिका वडा ३को आयोजना चैपुरवामा जेष्ठ नागरिक सम्मान तथा कम्बल वितरण गरियो, जहाँ वडा अध्यक्ष सगीर अहमद खाँको नेतृत्वमा वृद्धवृद्धा, विधवा महिला, एकल महिलाहरू र अशक्त व्यक्तिहरूलाई कम्बल वितरण गरियो। यो एक यस्तो पुण्य कार्य थियो, जुन भाईचारा, सहानुभूति र सामाजिक सेवाको अमर उदाहरण बनेको छ।

    कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सगीर अहमद खाँले गरे, जबकि प्रमुख अतिथि कृष्णानगर नगरपालिकाका मेयर रजत प्रताप शाह र विशिष्ट अतिथिको रुपमा राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खाँ नेपालीले सहभागिता जनाए।

    ज्येष्ठ नागरिक सम्मान तथा कम्बल वितरण कार्यक्रममा१५८ वृद्धवृद्धाहरू,३४ एक्ला महिलाहरू २४ अशक्त व्यक्तिहरू ६२ विधवाहरु लभावन्तित भएको कार्यक्रम आयोजकले बताएको छ।

    मेयर रजत प्रताप शाहस् ूसामाजिक सेवा वास्तविक विकासको आधारूबताउदै मेयर रजत प्रताप शाहले सेवा र सहयोगको महत्त्वमा जोड दिँदै भनेस् ूसामाजिक विकासको रहस्य एकअर्काका दुस्खसुखमा सहभागी हुनुमा छ। सगीर अहमद खाँ र उनको टोलीले आज यसलाई प्रमाणित गरे कि वास्तविक विकास सेवा र सहानुभूतिमा आधारित छ। हामी सबैलाई मिलेर यस्ता पहललाई अझ बढी फैलाउनुपर्छ ताकि हरेक आवश्यकता भएकासम्म सहायता पुग्न सकोस र कृष्णानगरलाई एक आदर्श समाज बनाउन सकियोस्।

    त्यसपछि उनले रोजगारीका अवसर र स्थानीय सरकारको भूमिकामा जोड दिंदै भनेस् ूहामी देखिरहेका छौं कि के कसरी हाम्रो युवा र सीपशील व्यक्तिहरू आफ्नो देश र क्षेत्र छोड्न बाध्य छन्। यस्तो अवस्थामा स्थानीय सरकारको जिम्मेवारी अझै बढ्दो छ, जसले मानिसहरूको प्रोत्साहन गर्नुपर्छ, तिनीहरूको समस्यामा साथ दिनुपर्छ, तिनीहरूको बिरामीमा हेरचाह गर्नुपर्छ, तिनीहरूको दुस्ख(सुखमा भाग लिनुपर्छ र तिनीहरूलाई विश्वास दिलाउनुपर्छ कि तिनीहरू एक्लै छैनन्, तर तिनीहरूको साथमा एक बलियो सरकार उभिएको छ।

    मौलाना मशहूद खाँ नेपालीले इस्लामिक सामाजिक कल्याण प्रणाली र स्थानीय सरकारको जिम्मेवारीहरूमा प्रकाश पार्दै भनेस् मानव इतिहासमा पहिलो पटक वृद्ध नागरिकहरूको ९पुरानो उमेर पेन्सन० हेरचाह हजरत उमर फरूकको समयमा सुरु भएको थियो, जब उहाँले एक वृद्ध गैर(इस्लामिक व्यक्तिलाई भीख मागिरहेको देख्नुभयो र तुरुन्तै मालेबाट उसलाई स्थायी भत्ता सुनिश्चित गर्नुभयो। यो इस्लामिक राज्यको सामाजिक कल्याणका सिद्धान्तहरूको पहिलो उदाहरण थियो, जसले आज पनि हामीलाई सिकाउँछ कि समाजका कमजोर वर्गको सहारा बन्नु नै साँचो नेतृत्व र जिम्मेवारी हो।ू

    वडा अध्यक्ष सगीर अहमद खाँले भनेस् ूयो केवल कम्बल वितरण मात्र होइन, हाम्रो जिम्मेवारी, निष्ठा र एकताको प्रतीक हो। हाम्रो मिशन यो छ कि कृष्णानगरमा कुनै पनि व्यक्ति असहाय नहोस् । हामी यस पुण्य कार्यलाई अझ अघि बढाउनेछौं ताकि समाजका प्रत्येक आवश्यकता अनुसार व्यक्तिहरूलाई सहयोग पुर्याउन सकियोस्।

    सामाजिक एकताको उज्वल उदाहरण, यस सामाजिक कार्यक्रममा वडा सदस्य पुजारी बढई, दुखरा कहार, मुमिना खातुन, ज्योति कोरी, वडा ३ सचिव अशोक कुमार मिश्र, अब्दुल्ला खाँ, कैफ खाँ र इम्तियाज अहमद खाँ लगायत पत्रकार र अन्य सम्माननीय व्यक्तिहरूले सहभागिता जनाए। सहभागीहरूले यस सामाजिक पहलको प्रशंसा गर्दै आशा व्यक्त गरे कि यो सिलसिला भविष्यमा पनि जारी रहनेछ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.