logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    जेसीआई सिद्धार्थ लेडी, नेपालको शाखा अध्यक्षमा प्रतिमा तिमिल्सिना


    २ फाल्गुन २०८१ , शुक्रबार

    जेसीआई सिद्धार्थ लेडी, नेपालको शाखा अध्यक्षमा प्रतिमा तिमिल्सिना

    लुम्बिनीखबर
    सिद्धार्थनगर, फागुन । जेसिआई सिद्धार्थ लेडी, नेपालको २८औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।
    जेसिआई सिद्धार्थ लेडी नेपालको वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले अध्यक्षमा प्रतिमा तिमिल्सिना लाई चयन गरेको छ ।
    जेसिआई सिद्धार्थ लेडी नेपालले आयोजना गरेको वार्षिक साधारण सभा तथा शाखा अधिवेशन कार्यक्रमबाट कार्यकारणी उपाध्यक्षमा भावना कडरिया, संगीता शर्मा, रिता थापा, बबिता बस्याल भट्टराई, रोशनी भट्टराई र निर्देशकमा रत्ना वि.क, सृृंगार क्षेत्री, सम्झना भण्डारी, लता खड्कालाई सर्बसम्मत चयन गरेको हो ।

    जेसिआई सिद्धार्थ लेडी, नेपाल सृजना ज्ञवालीको संयोजकत्वमा भएको वार्षिक साधारण सभा तथा शाखा अधिवेशनमा संविधान सभा सदस्य माननीय जयन्तु निशा धुनियाँको प्रमुख अतिथ्यतामा भएको थियो ।
    कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट गु्रपका अध्यक्ष दिलीप भट्टराई, ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयका क्षेत्रीय प्रमुख शान्ति देवी सुवेदीको विशिष्ट अतिथ्यता रहेको थियो भने जेसिआई सिद्धार्थ लेडि नेपालको भातृशाखा जेसिआई सिद्धार्थ नेपाल वर्ष २०२५ का अध्यक्ष अर्जुन कुंवर, जेसिआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष दिपक काफ्ले, अधिवेशनका निर्वाचन आयोगका पार्वती पौडेल, मिलिजुली राष्टियका अध्यक्ष माधव शर्मा, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभका अध्यक्ष, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, मदिरा व्यवसायी संघका अध्यक्ष बाबुराम पाण्डे, नेपाली काग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको अतिथ्यतामा वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.